मानन्धर समुदायको ब्यापार व्यवसाय प्रवर्धनका लागि गोष्ठी आयोजना

मानन्धर समुदायको ब्यापार व्यवसाय प्रवर्धनका लागि गोष्ठी आयोजना
भक्तपुर, चैत्र २५गते
नयाँ वर्ष तथा विस्का जात्रा २०७९ को अवसरमा शुभकामना आदानप्रदान गर्दै मोर्डन युथ फोर सोसाइटी भक्तपुरले मानन्धर समुदायको ब्यापार र व्यवसाय प्रवर्धनका लागि गोष्ठी आयोजना गरेको छ । भक्तपुर जिल्ला मानन्धर युवा संघ र स्काई इन्टरनेश्नल ग्रुप प्रालिको सहयोगमा पूर्व सहरी विकास मन्त्री रामलाल मानन्घरको प्रमुख आतिथ्यतामा सो गोष्ठी आयोजना भएको हो । अतिथी मानन्धरले पानसमा दीप प्भरज्क्तवलन गरी गोष्पुठीको उद्रघाटन  गरेका थिए  ।  स्थित कमलविनायको केपी लञ्चमा आयोजना गरेको सो कार्यक्रमको सभापतित्व ग्रहण गर्दै सोसाईटीका अध्यक्ष शिव मानन्धरले नयाँ सोच र विचारका साथ व्यापार व्यवसाय प्रवर्धन गर्न एक हजार सदस्यबाट ५० करोड लगानी गर्ने अभियान सञ्चालन भइरहेको बताउनु भयो ।

मानन्धर समुदायको परम्परागत ब्यवसायलाई परिस्कृत र आधुनिक बनाउन तथा नयाँ पुस्तालाई उद्यमी बनाउन उत्प्रेरित गर्न स्काइ इन्टरनेश्नको समेत सहयोगमा विभिन्न उद्यमशिल कार्यक्रम प्रवर्धन गर्ने योजनामा रहेको उहाँले जानकारी दिनु भयो । स्काई इन्टरनेशनलका अध्यक्ष केपी अवाल, पूर्व मिस नेपाल इभाना मानन्धर, भक्तपुर चेम्वर अफ कमर्शका अध्यक्ष न्हुछे मानन्धर, संस्थाका महासचिव रामप्रसाद मानन्धर सहित सहभागि अतिथीहरुले नयाँ वर्ष तथा विस्का जात्राको शुभकामना आदानप्रदान गर्दै ब्यवसाय प्रवर्धनमा संगठित र व्यवस्थितरुपले समाजलाई आवश्यक वस्तु उत्पादन, प्रवर्धनका लागि लगानी तथा रोजगारवृद्धि गर्ने विषयमा आआफ्ना विचार व्यक्त गरेका थिए ।