८१ वर्षीय हजुरबुवाले आफ्नी २१ वर्षीय प्यारी नातिनी लाई मृगौला दान

अत्यन्तै दुर्लभ अंगदान
भक्तपुर स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा संसारमै दुर्लभ मृर्गौला दान भएको छ । पारिवारिक माया र निस्वार्थताको हृदयस्पर्शी भावना देखाउँदै ८१ वर्षीय हजुरबुवाले आफ्नी २१ वर्षीय प्यारी नातिनी लाई मृगौला दान गर्नु भएको छ । यस कार्यले उनीहरूबीचको अथाहा प्रेम लाई उजागर गर्दै देशलाई मात्र नभई सारा विश्वलाई राम्रो सन्देश दिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं मृर्गौला तथा कलेजो प्रत्यारोपणविद् डा। पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा यही मिति २०८०।१२।१९ गते सोमबार उक्त मृर्गौला प्रत्यारोपण भएको हो ।

अंगदाता ८१ बर्षीया हजुरबुबा प्यारी नातिनीको साथमा
यस प्रकारका प्रत्यारोपण विश्वमै विरलै पाईन्छ । यो प्रत्यारोपणबाट दाता जुनसुकै उमेरका हुनसक्ने र प्रत्यारोपणमा दाता र ग्रहणकर्ता बीचको लैङ्गिक असमानतामा पनि सुधार गर्न सक्ने कुरा कुरा केन्द्र कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले बताउनु भयो । साथै प्रत्यारोपण पश्चात् अंगदाता ८१ बर्षीया हजुरबुबा चौथो दिनमा र ग्रहणकर्ता नातीनि छैठौं दिनमा सकुशल डिस्चार्ज हुनु भएको छ ।
१२ वर्षाको अवधिमा केन्द्रले १२२७ जनाको सफल मृगौला प्रत्यारोपण गरेको छ भने २३ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।

७६ बर्षीया दाता भएको प्रत्यारपणमा संलग्न चिकित्सकको टोली

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेख्य संख्यामा मृगौला तथा कलेजो प्रत्यारोपण मात्र नभई अंगदान सम्बन्धी व्यापक प्रचार प्रसार तथा देश भरी डायलाइसिस विस्तार गर्न नेपाल सरकारलाई सहयोग पु(याएको छ ।