भक्तपुरलाई देशको नमुना नगरको रुपमा विकास गर्न लागिरहनेछौं: नगर प्रमुख प्रजापति

भक्तपुरलाई देशको नमुना नगरको रुपमा विकास गर्न लागिरहनेछौं ः नगर प्रमुख प्रजापति

आदरणीय नगरबासी दाजुभाइ तथा दिदी बहिनीहरु,
भक्तपुर नगरबासी जनताको मतबाट हामी निर्वाचित भएको चार वर्ष आठ महिना बित्यो । पाँच वर्षको निम्ति हामी निर्वाचित भएका हौं । यो ११ औं नगरसभा हाम्रो कार्यकालको अन्तिम नगरसभा हो । हामी निर्वाचित भई सपथ ग्रहण गरेकै मितिदेखि नगर र नगरबासीहरुको हितलाई केन्द्रमा राखी काम गर्दैछौं । १५ वर्षसम्म जनप्रतिनिधिविहीन अवस्था, २०७२ सालको भूकम्पबाट पुरै नगर क्षत विक्षतको स्थिति, नयाँ संविधान र संघीयता कार्यान्वयन गर्नु पर्ने बेला निर्वाचित भएको हुँदा शुरुका दिनहरुमा स्थिति केही जटील थियो । हाम्रो सामु विकास निर्माणलगायत थुप्रै चुनौतीहरु थिए । इमान्दारीपूर्वक जनताको सेवा गर्ने भावनाले जनताकै साथ र सहयोगमा कामलाई अगाडि बढायौं । यस अवधिमा हामीले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाईलगायत नगर र नगरबासीहरूको जीवनसँग प्रत्यक्ष जोडिएका बिषयहरुका साथै थुप्रै विकास निर्माणका कामहरु सम्पन्न गर्यौं । कतिपय संरचनाहरु अझै निर्माणाधीन अवस्थामा छन् । ती सबै संरचनाहरु सम्पन्न गर्न हामी निरन्तर प्रयत्नरत छौं ।
‘कला—संस्कृतिको नगर’, ‘नाचगानको राजधानी’ उपमा पाएको यस नगरलाई पछिल्लो चरणमा जर्मनी वास्तुकलाविद् निल गुत्सोले ‘संसारको जीवित संग्रहालय’ को परिभाषा गर्नुुभएको छ । आकारले सानो यो नगरलाई ‘ज्ञानविज्ञानको केन्द्र’, पर्यटकीय गन्तव्यस्थल बनाउन हाम्रा अग्रजहरुले सुरु गर्नुभएको अभियानलाई हामीले निरन्तरता दिँदैछौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरको भविष्यको कल्पना गर्दै २०५९ असोजमा ‘सय वर्षपछिको भक्तपुर’ नामक एक पुस्तक प्रकाशित गर्नुभयो । त्यो पुस्तक हामी जनप्रतिनिधिहरुले काम गर्ने पथप्रदर्शक हो । हामी भक्तपुरलाई सफा, सुन्दर र शान्त नगरको रुपमा विकास गर्ने कोसिस गर्दैछौं । जनताको साथ र सहयोगले काम गर्न हामीले सहज महसुस गरेका छौं । जनप्रतिनिधि र जनताबीचको राम्रो समन्वयले भक्तपुर नगर यो अवस्थामा पुग्न सम्भव भएको हो ।
हामीले स्थानीय तहको स्वायत्ततालाई विशेष ध्यान दिएका छौं । स्वायत्तता माथि कहीं कतैबाट हुने हस्तक्षेप हामीलाई स्वीकार्य छैन । संघीयता संविधानले अंगीकार गरी सक्दा पनि सिंहदरबारमा बस्ने पदाधिकारीहरुले एकात्मक सोच त्याग्न सकेका छैनन् । स्थानीय तहले गर्ने विभिन्न काममा बाधा हाल्नु र स्वतन्त्र रुपमा काम गर्न नदिई नियन्त्रण गर्न खोज्नु उचित होइन । केन्द्र र प्रदेशले स्थानीय तहलाई दिने विशेष अनुदानमा वृद्धि गर्नु पर्नेमा उल्टै सशर्त र समपूरक बजेटमा वृद्धि गर्नु संघीयता र संविधानको भावनाविपरीत छ । स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार नदिइ केन्द्र र प्रदेशले कर्मचारी नियुक्ति गरी पठाउनु, प्रदेशले कर्मचारीको सरुवा बढुवा गर्नु र स्थानीय तहले तलब खुवाएका शिक्षकहरुलाई केन्द्र मातहत राख्नु स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप हो् । आर्थिक ऐन, नियमावली विपरीत स्थानीय तहलाई उपभोक्ता समितिमार्फत काम गराउन रोक लगाउने सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्रालयले परिपत्र गर्नु, निरन्तर सञ्चालन भइरहेको ख्वप बहुप्राविधिक अध्ययन संस्थानलाई ‘आफ्नै’ १०० शैय्याको अस्पताल नभएको भनी शिक्षा मन्त्रालयले नर्सिङको भर्नामा रोक लगाउनु केन्द्र सरकारका जनविरोधी कामहरु हुन् । यस्ता थुप्रै चुनौतीहरुबीच भक्तपुर नगरपालिकाले जनताको हितलाई ध्यानमा राखी काम गर्दैछ ।
अब आ.ब. २०७८।७९ को बजेट कार्यान्वयनको अबस्थाबारे सामान्य जानकारी गराउन चाहन्छौं ः
आयतर्फ ः
आन्तरिक स्रोततर्फ चालु आ.व. २०७८।७९ को पुस मसान्तसम्म छ महिनाको अवधिमा ९ करोड १५ लाख राजश्व संकलन भयो । गत वर्ष सोही अवधिमा करिब रु. ६ करोड मात्रै संकलन भएको थियो । यस वर्ष रु. ३ करोड १५ लाखले राजश्व संकलन वृद्धि भएको छ । पर्यटनतर्फ गत वर्षको तुलनामा ७० लाखले वृद्धि भयो भने गैर पर्यटनतर्फ २ करोड ४५ लाख वृद्धि भएको छ । यस आ.व. २०७८।७९ मा गैर पर्यटनतर्फ विभिन्न कर दस्तुरमा १६ करोड अनुमान गरिएकोमा पुस मसान्तसम्मको ६ महिनाको अवधिमा ८ करोड (५० प्रतिशत) संकलन भयो । पर्यटन शुल्कमा आ.व. २०७८।०७९ मा रु. १० करोड अनुमान गरिएकोमा कोभिड १९ महामारीको कारण पुस मसान्तसम्ममा करिब १ करोड मात्रै संकलन भयो । यो लक्ष्यको १० प्रतिशत मात्र हो । कोभिड १९ को असरलाई समेत विचार गरी घरजग्गा कर तथा बहाल करमा दिइँदै आएको ५० प्रतिशत छुटलाई यस वर्ष पनि निरन्तरता दिइएको छ भने पर्यटनसँग सम्बन्धित व्यवसायमा ४ महिनाको कर छुट दिइएको छ । कर प्रशासनलाई व्यवस्थित गर्न कर टोली परिचालन तथा सूचना प्रविधिको प्रयोगमा जोड दिइएको छ ।

चालु खर्चतर्फ ः
यस नपाको आ.व. २०७८।७९ मा चालु खर्च शीर्षकमा रु. १,१०,२२,१७,२०० (एक अर्ब दश करोड बाइस लाख सत्र हजार दुई सय) र पुँजीगत खर्च शीर्षकमा रु. ८२,९७,८२,८०० (बयासी करोड सन्तान्नब्बे लाख बयासी हजार आठ सय) गरी कूल रु. १,९३,२०,००,००० (एक अर्ब त्रियानब्बे करोड बीस लाख) विनियोजन भएकोमा आ.व. २०७८।७९ को माघ २४ गतेसम्ममा चालु खर्च शीर्षकतर्फ रु. ४१,४६,००,००० (एकचालीस करोड छयालीस लाख) मात्र खर्च भई विनियोजित रकमको ३७।६१ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्च शीर्षकतर्फ रु. १९,३५,००,००० (उन्नाइस करोड पैतिस लाख) खर्च भई विनियोजित रकमको २३।३१ प्रतिशत खर्च भएको छ । यस आ.ब.मा कुल विनियोजित बजेटको २९।३६ प्रतिशत खर्च भएको जानकारी गराउन चाहन्छौं ।

शिक्षा ः
शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै आएको भक्तपुर नगरपालिकाले ‘एक घर एक स्नातक’ अभियानलाई पूर्णता दिने क्रमलाई निरन्तरता दिँदै थप विकासको निम्ति आवश्यक व्यवस्था गर्दैछ । कुनै पनि नगरबासी विद्यार्थी आर्थिक कारणले उच्च शिक्षा हासिल गर्नबाट बञ्चित नहोस् भनी नगरपालिकाले गरिब विद्यार्थीलाई रु. ५ लाखसम्म शैक्षिक ऋण, नपाका कलेजहरुमा करोडौं रुपैयाँको छात्रवृत्ति, देशका जुनसुकै कलेजमा अध्ययन गरे पनि इतिहास, भूगोल, राजनीतिशास्त्र, नेपालभाषा र संस्कृति पढ्ने नगरबासीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस वर्ष १०४ जना विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्ने स्वीकृत भएको छ ।
कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम बनाइ नगरभित्र सञ्चालित विद्यालयहरुमा पठनपाठन गर्दै भक्तपुरको इतिहास, भूगोल, कला—संस्कृति, सम्पदा, मौलिक सीप तथा प्रविधि र विभिन्न पक्षका विशिष्ट व्यक्तित्वहरुको जीवनीबारे जानकारी दिने प्रयास गर्दै आएका छौं । शैक्षिक गुणस्तर माथि उठाउन कक्षा ५ र ८ को नगरस्तरीय परीक्षाको बन्दोबस्त गरेका छौं । आधारभूत तह शैक्षिक जग भएको हुँदा त्यसमा सुधार ल्याउन समय समयमा दिँदै आएको सहयोगको अतिरिक्त थप भौतिक सुधारको लागि सबै आधारभूत विद्यालयलाई रु. १ लाखका दरले सहयोगको क्रम जारी छ ।
नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा लामो समयदेखि कार्यरत शिक्षक कर्मचारीहरुको मनोबल बढाउन यस कार्यकालमा कानुनबमोजिम सबैलाई स्थायी गरेका छौं । ख्वप इन्जिनियरिङ कलेज पूर्वाञ्चल विश्वविद्यालयहद्वारा सम्बन्धन प्राप्त ११७ कलेजहरुमध्ये सर्वोत्कृष्ट हुन सफल भयो भने ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत छात्र रमण श्रेष्ठ यो वर्ष त्रिभुवन विश्वविद्यालयअन्तर्गत सिभिल विभागतर्फ सर्वोत्कृष्ट हुन सफल भएको छ । भक्तपुर नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुमा ७२ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता हामीले पूरा गर्दै आएका छौं ।
विद्यार्थीमा पठन संस्कृतिको विकासको लागि जनज्योति पुस्तकालयलाई स्तरीय बनाउनुका साथै वडा वडामा रहेका पुस्तकालयहरूलाई पनि व्यवस्थित गर्ने प्रयास गर्दैछौं । पुस्तकालय समितिको प्रतिवेदनको आधारमा आवश्यकताअनुसार प्रत्येक वडामा सञ्चालित पुस्तकालयहरुलाई आर्थिक सहयोगको नीति बनाई लागू गर्दैछौं ।

स्वास्थ्य ः
नगरबासीहरुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पताललाई १०० शैय्याको बनाउने तयारी गर्दैछौं । हाल २५ शैय्याको स्वीकृति प्राप्त उक्त अस्पतालले दैनिक ५०० देखि ६०० जनाभन्दा बढी विरामीहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ । इन्टरनल मेडिसिन, हाडजोर्नी, स्त्री रोग, बाल रोग, दन्त रोग, नाक–कान–घाँटी,छाला लगायतमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको उक्त अस्पताल सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्ने प्रयास गर्दैछौं । ख्वप अस्पतालले आ.व. २०७७÷७८ मा ४० जिल्लाका १,१२,०२२ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्यो भने २०७८÷७९ को ६ महिनामा ८३,२३५ जनालाई उपचार सेवा प्रदान गरेको छ । जनताको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने हाम्रो उद्देश्य अनुसार अस्पतालले दैनिक ११ घण्टा ओपिडी सेवा प्रदान गर्दै आएकोमा सार्वजनिक बिदाका साथै शनिबारमा समेत सो सेवा प्रदान गर्दै आएको छ । वडा वडामा स्वास्थ केन्द्रहरु निर्माण गरी नगरबासीहरुलाई छिटो छरिटो स्वास्थ्य सेवा प्रदान गर्ने नीति अनुसार भक्तपुर नपा वडा नं. २ व्यासी, वडा नं. ५ भगवति स्थान र वडा नं. १ सल्लाघारीमा आधारभूत स्वास्थ्य केन्द्र संचालन गरी सेवा प्रदान गर्दै आएकोमा वडा नं. १० मा पनि आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइरहेको छ । ख्वप अस्पताल कोभिड युनिटमा ५४७ जना संक्रमितको उपचार गरिसकेको र श्वासप्रश्वास पुनःस्थापना केन्द्रले २२४ जना बिरामीको उपचार सेवा प्रदान गरिसकेको छ ।
कोरोना भाइरसको महामारीको कारण भक्तपुरबासीहरुले पनि निकै पीडा भोग्नुप¥यो । जनताको समस्या सम्बोधन गर्न नगरबासीहरुकै सहयोगमा भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गरी सम्पूर्ण नगरबासीलाई निःशुल्क अक्सिजन वितरण गर्दै आएको छ । स्वास्थ्य बिशेषज्ञहरुका अनुसार खोप नै कोरोना रोगबाट बच्ने भरपर्दो उपाय भएको तथ्यलाई ध्यानमा राखी वडा वडामा खोप केन्द्रहरु स्थापना गरी व्यापक रुपमा खोप अभियान चलायौं । भक्तपुर नगरपालिकाले हालसम्म मोर्डना १२,८४६, भेरोसेल १,१५,११३, कोभिशिल्ड १२,२९५ र जोनसन ३,८९६ मात्रा गरी कूल १,४४,१५० जनाले खोप लगाइसकेको छ ।
त्यसैगरी नगरस्तरीय नागरिक आरोग्य केन्द्रले साउनदेखि पुस मसान्तसम्मको छ महिनामा १,१९८ बिरामीलाई आयुर्वेदिक उपचार सेवा प्रदान गर्यो भने सामुदायिक आँखा केन्द्रबाट विगत ६ महिनामा १२,८९८ जनालाई आँखा उपचार सेवा प्रदान गरेको छ ।
नगरबासीहरुको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्न घरदैलो नर्सिङ सेवा सुरु गरिएकोमा त्यसलाई अझ प्रभावकारी बनाउँदै लाने प्रयास गर्दैछौं । कडा रोगहरु मुटु, मस्तिष्कघात, क्यान्सर, मृगौला रोग लागेकाहरुलाई प्रति व्यक्ति रु. १५,०००।– आर्थिक सहयोग गर्दै आएकोमा विगत ६ महिनामा ११५ जना बिरामीहरुलाई जम्मा रु. १७,२५,००० आर्थिक सहयोग प्रदान गरियो ।
ज्येष्ठ नागरिकहरुको लागि आदर निकेतनको संचालनका लागि भक्तपुर नपा वडा नं. ६ अँचा पोखरीमा भवन निर्माण भइरहेको छ । वडा वडामा नियमित रुपमा पाठेघर र स्तन क्यान्सर परीक्षण शिविर, दन्त शिविर तथा आँखा शिविरहरु सञ्चालन गर्दै आएका छौं ।
पशु सेवा प्राविधिक केन्द्र भक्तपुरको तर्फबाट बितेको ६ महिनामा कुकुर, गाई, भैंसी, बाख्रा, कुखुरालगायत ४७६ बिरामी पशुपंक्षीहरुलाई उपचार सेवा प्रदान गरिएको छ ।

सम्पदा तथा कला–संस्कृति संरक्षण र विकास निर्माण ः
‘पूर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नारालाई सार्थक बनाउन हामी प्रयासरत छौं । पूर्खाले सिर्जेका सम्पदाहरु हाम्रा अमूल्य निधि हुन् । त्यसको संरक्षण र सम्बद्र्धन गर्नु हाम्रो कर्तव्य हो । जनप्रतिनिधिको रुपमा हामी निर्वाचित भएपछि भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धारमा जोड दियौं । जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीति लियौं । सम्पदा पुनःनिर्माण र जीर्णोद्धारको काम ठेक्काबाट गर्न नहुनेमा हामी स्पष्ट छौं । यद्यपि संघ र प्रदेशको बजेटबाट हुने अधिकाँश काम ठेक्काबाट सम्पन्न गर्नुपर्ने हाम्रो बाध्यता हो । जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई उपभोक्ता समितिमार्पmत पारदर्शी ढंगले गुणस्तरीय काम सम्पन्न गर्दै आयौं । यही नै हाम्रो विशेषता हो ।
हामी विदेशीसँग भिख मागेर बनाएका सम्पदाहरुबाट खुशी हुनुभन्दा आप्mनै पौरखमा जीर्णोद्धार र पुनःनिर्माण भएको सम्पदाहरुप्रति गर्व गर्छौं । आत्मनिर्भर भएर बाँच्ने नेमकिपाले सिकाएको महŒवपूर्ण शिक्षा हो । भूकम्पपछि नेपाल सरकार र जर्मनी सरकारबीच भक्तपुरको सम्पदा पुनःनिर्माणको लागि रु.१ अर्ब २० करोड सहयोग सम्झौता भएकोमा सम्झौताका बुँदाहरु हाम्रो हितमा नभएको कारण हामीले त्यो सहयोगलाई अस्वीकार गर्यौं । आज देशमा एमसीसीको चर्चा भइरहेको बेला त्यसको स्मरण गर्नु सान्दर्भिक देखिन्छ ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त १२० भन्दा बढी सम्पदाहरुमध्ये अधिकाँश सम्पदाहरुको जीर्णोद्धार र पुनःनिर्माण सम्पन्न भएका छन् । २६ वटा मन्दिर, ४० वटा पाटी, ६ वटा द्योछें, ३ वटा प्रवेशद्वार, ७ वटा इनार, ८ वटा सत्तल पाटी, ७ वटा ढुंगेधारा, ११ वटा अन्य गरी हालसम्म ११८ वटा सम्पदाहरूको जीर्णोद्धार सम्पन्न भएका छन् । यसबीच खौमा ढोका, वत्सला मन्दिर पुनःनिर्माण, ङातापोल्ह र भैरवनाथ मन्दिर जीर्णोद्धार सम्पन्न भयो भने गय्ःभिन्द्यो पुल र छिपा ताँ पुनःनिर्माण सम्पन्न भएका छन् । त्यसैगरी बाराही पुल, हनुमानघाट पुल, ब्रम्हायणी पुल, धाँलाखुसी र लिवाली पुल निर्माणाधीन अवस्थामा छन् । भक्तपुरको दूधपाटीदेखि च्याम्हासिंहसम्म नगरको मूल सडकमा करिब ३ कि.मी. ढुंगा छपाई काम सम्पन्न भयो भने भनपा ७ मा सुधारिएको शव दाहगृह, भनपा १ स्थित रानीपोखरी र भाज्या पुखुको पुनःनिर्माण कार्य अन्तिम चरणमा छ । लक्ष्मीनरसिंह मन्दिर, इखालाछी मठ निर्माणाधीन अवस्थामा छन् भने खोला सुधार र ऐतिहासिक महŒवका घाट सुधारका कामहरु भइरहेका छन् । साथै कमलविनायक र लिबाली आवास योजनाभित्रका सडकहरु कालोपत्रे गर्ने काम क्रमशः भइरहेको छ ।
नगरभित्रका अमूर्त सम्पदाहरुको संरक्षणको लागि हरेक वर्ष एउटा विधाको साँस्कृतिक प्रतियोगिता गर्दै आएकोमा कोरोना महामारीको कारण २०७७ सालमा प्रतियोगिता गर्न सम्भव भएन । २०७८ सालमा पछिमा बाजा प्रतियोगिता गर्ने घोषणा गरि सकेकोमा कोरोनाकै कारण स्थगित गर्नुपरेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ दफा ९(३) बमोजिम नगरको पुरानो सहरलाई सिमाङ्कन गरी साँस्कृतिक क्षेत्र घोषणा गरी पुरानो शहरलाई जिवन्तता दिन जोड दिंदैछौं । प्राचीन नगरको संरक्षण गर्न साँस्कृतिक क्षेत्रमा घर जग्गा नगरबासीहरुबीच मात्रै खरिद–बिक्री गर्ने कानुनी व्यवस्था गरिएकोमा केही सम्पदा विरोधीहरुले सर्वोच्च अदालतमा नगरपालिकाको निर्णयलाई चुनौती दिँदै मुद्दा दिएपछि अदालतको अन्तरिम आदेशको कारण त्यो कार्यान्वयनमा बाधा पुगेको छ । अदालतले सम्पदा संरक्षणको पक्षमा निर्णय दिने अपेक्षा गर्दछौं ।
भनपा वडा नं. ५ स्थित जगन्नाथ क्षेत्र संरक्षणको लागि डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा जगनाथ क्षेत्र अध्ययन तथा उत्खनन् समिति गठन गरी काम भइरहेको छ ।

बजार अनुगमन ः
उपभोक्ताको हितलाई ध्यानमा राखेर नगरपालिकाले नियमित बजार अनुगमन गर्दै आएको छ । अनुगमनको क्रममा पसल नवीकरण नगरिएको, सरसफइमा कमी, नियमानुसार नापतौल नवीकरण नभएको, मिसावट सामग्री र म्याद नाघेका बस्तुहरु बिक्री गर्ने गरेको पाइएको हुँदा त्यस्ता व्यापारीहरुलाई नियमानुसार कारबाही गर्दै आएका छौं । सडक पेटीमा जथाभावी सामान बेच्ने, तोकिएको भन्दा बढी मूल्य असुल गर्ने र गुणस्तरहीन सामान बेचविखन गर्नेहरुलाई पनि कानून बमोजिम कारबाही गर्दै आएका छौं ।

खेलकुद ः
हरेक वर्ष एउटा खेलको अन्तर नगर खेलकुद प्रतियोगिता सम्पन्न गर्ने निर्वाचन घोषणापत्रमार्पmत प्रतिबद्धता गरे अनुसार खेलकूद प्रतियोगिता सञ्चालन गर्दै आएका छौं । पहिलो, दोस्रो, तेस्रो र चौथो वर्ष क्रमशः भलिबल, कराँते, एथलेटिक्स र बुद्धिचाल प्रतियोगिता सम्पन्न ग¥यौं । २०७८ साल फागुनमा प्रतियोगिता सञ्चालन गर्ने तयारी पनि गर्दैछौं ।
हरेक वर्ष अन्तर विद्यालय खेलकुद प्रतियोगिता पनि सम्पन्न गर्दै आएका छौं । २०७८ साल मंसिर २० गतेदेखि २४ गतेसम्म सञ्चालित नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा १३ वटा विभिन्न विधामा ७१ वटा विद्यालयका कूल १,८८५ खेलाडीहरुले सहभागिता जनाएका थिए । सबै नागरिकहरुलाई खेलकुदको माध्यमबाट स्वस्थ राख्ने प्रयास गर्नुका साथै प्रत्येक वडामा व्यायामशालाहरु स्थापना गरी शारीरिक व्यायाम नागरिक जीवनको एक महŒवपूर्ण हिस्सा बनाउने प्रयास गर्दैछौं । हालसम्म नगरका २३ ठाउँमा व्यायामशालाहरु स्थापना गरी नगरबासीहरूलाई सेवा प्रदान गर्दै आएका छौं । विभिन्न ६ वटा खेलकुदको नियमित प्रशिक्षण, विद्यालयहरुमा खेलकुद प्रशिक्षण दिन पूर्णकालीन प्रशिक्षकको व्यवस्था तथा विद्यालयहरुमा छात्राहरुका लागि आत्मरक्षासम्बन्धी तालिमलाई पनि निरन्तरता दिंदै आएका छौं । वडा वडामा खेलकुद समितिहरुको गठन गरी युवाहरुलाई खेलकुदमा सहभागी बनाउने हाम्रो प्रयास जारी छ । कमलविनायक कबर्ड हलमा बक्सिङ रिङको व्यवस्था गरिएको छ ।
भनपा वडा नं. ८ स्थित लिवालीमा कवर्ड हल निर्माण अन्तिम चरणमा पुगेको छ भने वडा नं. १० मा निर्माणाधिन अबस्थामा छ । खेलाडीहरुको चाहनालाई ध्यानमा राखी आवश्यकताअनुसार कबर्ड हल निर्माण कार्यलाई जोड दिंदैछौं ।

सरसफाइ तथा वातारण सुधार ः
फोहरमैला व्यवस्थापन हाम्रो ठूलो चुनौती हो । जस्तोसुकै अप्ठेरो स्थितिमा पनि नगरको सरसफाइमा कमी आउन दिएनौं । हनुमन्ते खोला र कासान खोला सुधारको लागि फोहरलाई प्रशोधन गर्न नगरको दुई ठाउँमा उपचार पोखरी निर्माणको लागि पहल ग¥यौं र हाल ती उपचार पोखरीहरु निर्माणाधीन छन् । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) को सहयोगमा भइरहेको उक्त कामले तीब्रता पाउँदैछ ।
नगरको वातावरण सुधारको लागि सडकका किनारामा रुख रोप्ने, पुराना शहरका महŒवपूर्ण सम्पदा क्षेत्