संगमको रु. १ लाख सहयोग कोरोना रोकथाम र उपचारका लागि
भक्तपुर, कार्तिक ५ गते
कोरोना भाइरस रोकथाम र उपचारका लागि संगम बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरले आर्थिक सहयोग गरेको छ । भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आज एक लाख रुपियाँ आर्थिक सहयोग हस्तान्तराण गरेका हुन । संस्थाका प्रदाधिकारीहरुले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभाकक्षमा पुगेर रु एक लाखको आर्थिक सहयोगको चेक नगर प्रमुख प्रजापतिलाई हस्तान्तरण गरेका हु्न । सो अवसरमा नगरउपप्रमुख रजनी जोशीको पनि सहभागिता थियो ।













