२४ घण्टामा देशभर थपिए ३ हजार ५ सय ५३ जना कोरोना सङ्क्रमित ।

२४ घण्टामा देशभर थपिए ३ हजार ५ सय ५३ जना कोरोना सङ्क्रमित ।
गत २४ घन्टामा देशभर ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १५ हजार ८१ कोरोना परीक्षण गर्दा ३ हजार ५ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । देशभर १० हजार ४ सय ९८ आरटी पीसीआर परीक्षण गर्दा २ हजार ९ सय २२ र ४ हजार ५ सय ८३ एन्टिजेन परीक्षण गर्दा ६ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख ४१ हजार २ सय ९७ जना र एन्टिजेन विधिबाट ९९ हजार २ सय २५ जना कोरोना सङ्क्रमित भइसकेका छन् ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये २ सय ७१ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख १५ हजार ३ सय ४७ पुगेको छ । गत २४ घन्टामा देशभर १ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म देशभर कोरोनाका कारण ११ हजार ६ सय १० जनाको मृत्यु भइसकेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३ सय ४० रहेको छ । नेपालमा नयाँ सङ्क्रमित थपिनेदर बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ ।