भक्तपुर नगरको देगमनामा विद्युत सर्त भई घर जलेर नष्ट

भक्तपुर नगरको देगमनामा विद्युत सर्त भई घर जलेर नष्ट
भक्तपुर, श्रावण २३ गते
विद्युत सर्त भई आगलागि हुँदा भक्तपुर नगरको देगमनामा एउटा घर नष्ट भएको छ । भनपा ३स्थित देगमनास्थित एउटा घरमा आज विहान ११ बजेतिर अचानक लागेको आगोले घरको सबै चिज जलेर नष्ट भएको भन्दै स्थानीय जनप्रतिनिधी राजकृष्ण गोराले पीडित परिवारलाई खाद्यान्न र आधारभूत चिजहरुको बन्दोवस्तीकालागि सिफारिस कार्य भइरहेको बताएका छन् । भक्तपुर बारुद्ध यन्त्रको दुई वटा दमकलले आगलागि भएको घरको दुईतर्फबाट करिब डेरदुई घण्टा पानीको फोहोरा दिएपछि मात्रै आगो नियन्त्रणमा आएको वडाध्यक्ष गोराले जनसञ्चार खवरलाई जानकारी दिनु भयो । आगलागीको प्रारम्भिक अनुमाण विद्युत सर्त भएको र आगलागिको क्षति बारे प्रहरीले मुचुल्का समेत उठाएको उहाँले बताउनु भयो ।


घरको पहिलो तल्लाबाट लागेको आगोले छिडि तल्ला बाहेक माथिल्लो सबै तल्ला आगोले जलेर नष्ट हुँदा सो घरमा बस्ने रामसुन्दर कर्मचार्य सहित ६ जना दाजुभाई परिवारको गाँस, वास, कपास सहित लाखौंको महत्वपूर्ण कागजात, सुनपैसा, ल्यापटप,कम्प्यूटर लगायत सबै चिज जलेर नष्ट भएको छ । माटो र ईट्टाले जोडिएको पूरानो साह्रे चार तल्लाको सो घर आगलागिले नष्ट भएपछि नगर प्रमुख सुनिल प्रजापतिले स्थलगत अनुगमण गरी आवश्यक सहयोग तथा अन्य सहयोगकालागि सिफारिस कार्य भएको बजार अनुगमण समितिका संयोजक समेत रहनु भएका जनप्रतिनिधी राजकृष्ण गोराले जनसञ्चार खवरलाई जानकारी दिनु भयो । आगलागि हुँदा सो घरमा कोही नभएकाले ताल्ला फोडेर स्थानीय जनता, सुरक्षाकर्मी तथा बारुद्ध यन्त्रका अग्नि नियन्त्रकहरुले आगलागि नियत्रणमा ल्याएको थियो ।सो आगलागिबाट २३ लाख ७५ हजार बराबरको क्षेति पुगेको भक्तपुर नगरपालिकाले अनुमान गरेको छ ।