२४ घण्टामा ६ सय ९६ जना कोरोना सङ्क्रमित थपिए ।

२४ घण्टामा ६ सय ९६ जना कोरोना सङ्क्रमित थपिए ।
बितेको २४ घण्टामा ६ सय ९६ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । नौ हजार ७ सय ६२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ६ सय ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तीन हजार ५ सय २ जनामा एन्टीजेन परीक्षण गर्दा २ सय ४८ जनामा कोरोना देखिएको पनि मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।पछिल्लो २४ घण्टामा २ सय ९७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट बितेको २४ घण्टामा भने कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ४३ हजार ४६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।