टेक्वाण्डोमा बागेश्वरी मावि प्रथम
२०७८ मंसिर २१ गते, मंगलबार
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मंगलबार पनि चालु रह्यो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ३ श्रीपद्म माविमा भएको पोर्टबल प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
सोही क्रममा उहाँले भक्तपुर नपा वडा नं. १० मा भएको खो–खो खेलको स्थलगत निरीक्षण पनि गर्नुभएको थियो ।
त्यस्तै गरी मंगलबार भक्तपुर नपा वडा नं. ५ को विद्यार्थी निकेतनमा सम्पन्न टेक्वाण्डो प्रतियोगिताको समापन कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रतियोगिताका विजयी खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
टेक्वाण्डो खेलको नतिजा
भक्तपुर नगरव्यापी विद्यालयस्तरी खेलकुद प्रतियोगिताअन्तर्गत टेक्वाण्डो खेलतर्फ २५ किलो मुनि पुरुषमा बागीश्वरी माविका डिकेन लवजू पूथम, पारागण विद्यालयका सृमन रोकाया द्वितीय र ख्वप्रिङ एकेडेमीका सुनिट कुसी र डेमोस एकेडेमीका सोभराज तामाङ तृतीय भए ।
पुरुषतर्फ २५–२९ केजी तौलअन्तर्गत बागीश्वरी माविका निश्चल तामाङ प्रथम, तारा माविका पंकज कुमार थाकुर द्वितीय, लिटिल वल्र्ड इङ्गलिस स्कूलका प्रेरित दुवाल र प्रोक्सिमा इन्टरनेशनल स्कूलका सोहन शत्संकार तृतीय भएका थिए ।
साथै २९–३३ किलो पुरुषतर्फ डेमोस इङ्गलिस स्कूलका सब्लज तामाङ प्रथम, आदर्श आजादका सुदिप वाइबा द्वितीय, मिनर्वा स्कूलका युवराज तामाङ र पारागण एकेडेमीका जेनिथ निरौला तृतीय भएका थिए ।
पुरुषतर्फ ३३–३७ किलोतर्फ बागीश्वरीका नबिन सेनेहुर्ग प्रथम, लिटिल वल्र्डका सौरभ पौडेल द्वितीय, रोम्बसका साजन मारिखु र मिनर्वाका संस्कार गुवाजु द्वितीय भएका थिए । पुरुषतर्फ ३७–४१ केजीतर्फ बागीश्वरीका महेन्द्र आचार्य प्रथम, पारागणका राहुल दास द्वितीय, सिरिनकेनका इभान सुवाल र न्यातपोलका प्राथम कायष्ठ तृतीय भएका थिए ।
त्यस्तै पुरुषतर्फ ४१–४५ केजीमा मेधा माविका शिशिर सुनदास प्रथम, अक्सफोर्ड इन्टरनेशनल स्कूलका किरण घिसिङ द्वितीय, बागीश्वरी माविका अन्जल खड्का र रोम्बसका सुमिट थाकुर तृतीय स्थान हासिल गरेका थिए ।
त्यस्तै २५ केजीमुनि महिलातर्फ प्रोक्सिमा स्कूलका कृतिका देउला प्रथम, पारागणका अरिका भण्डारी द्वितीय, न्यातपोल स्कूलका प्रस्टा कार्की र स्टुडेन्ट्स एकेडेमीका साजन तामाङ तृतीय भएका थिए ।
२५–२९ केजी महिलातर्फ गोल्डेन गेट स्कूलका क्यारिजा लामा प्रथम, लिटिल वल्र्डका समृद्धि चौलागाइँ द्वितीय, बागीश्वरी माविका सुस्मिता शाही र द राइजिङ स्कूलका आभा श्रेष्ठ तृतीय भएका थिए ।
२९–३३ केजी महिलातर्फ बागीश्वरीका दिया लाखाजु प्रथम, ख्वप्रिङका टनिसा भैल द्वितीय, स्टुडेन्ट्स एकेडेमीका सुमिना तामाङ र प्रभातका पूर्वी सुलु तृतीय भएका थिए ।
त्यस्तैगरी ३३–३७ केजी महिलातर्फ लिटल वल्र्डका जेनिफर दुवाल प्रथम, बागीश्वरीका नम्रता सेन्चुरी द्वितीय, श्रीपद्मका सपना भण्डारी र रोम्बरका कृतिका दुवाल तृतीय भएका थिए ।
३७–४१ केजी महिलातर्फ लिटिल वल्र्डका जिसा बस्नेत प्रथम, क्रियाटिभ इङ्गलिस स्कूलका प्राची किबानायो द्वितीय, न्यातापोल सेकेन्डरी स्कूलका इशा राई र द राइजिङ स्कूलका कृतिमा गोसाइँ तृतीय भएका थिए ।
महिला ४१–४५ तर्फ श्री सैनिक आ.वि.का अनुष्का कुँवर प्रथम, बागीश्वरी माविका सन्जाली तामाङ द्वितीय, लिटिल वल्र्डका परिसा दुवाल र ख्वप्रिङ एकेडेमीका साफी कोजुले तृतीय स्थान हासिल गरेका थिए भने ४५–४९ केजी महिलातर्फ क्रियटिभ स्कूलका सोफिया त्यात प्रथम, लिटल वल्र्ड स्कूलका विवेक श्रेष्ठ द्वितीय, डेमोस्का रबिना लामा र श्रीपद्मका दिक्षा वनेम लिम्बु तृतीय भएका थिए ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...













