लेखापढी कानून व्यवसायी विचौलिया होइनन् ।
भक्तपुर, चैत्र २२ गते
नेपाल लेखापढी कानुन व्यवासायी एसोसियसन भक्तपुरका नवनिर्वाचित पदाधिकारीले आज पद् तथा गोपनियताको सपद् ग्रहण गरेका छन् । भक्तपुर मालपोट कार्यालय परिसरमा आयोजित एक कार्यक्रम बीच रामशरण रानाको नेतृत्वमा विजयी पदाधिकारीहरुले पद्भार तथा गोपनियताको सपद ग्रहण गरेका हुन । नेपाल लेखापढी कानून व्यवसायी एसोसियशनका केन्द्रीय सदस्य श्रीघर प्रसाद कायष्ठको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा बक्ताहरुले आज देखि विचौलियालाई मालपोतमा प्रवेश निशेष गरेकोमा आपति जनाएका छन् । अनलाईन सेवाबाटै व्यवसायीले काम गर्न पाउने भए पनि कार्यालय भित्र प्रवेश गरी सेवा दिन नपाउने भनिएपछि व्यवसायीहरुले आपति जनाएका हुन । केन्द्रीय एसोसियसनले सरकारी निकायसँग समन्वय गरेपछि व्यवसायीहरुले आफ्नो धारणा राख्ने भन्दै प्रमुख अतिथि कायष्ठले नवनिर्वाचित पदाधिकारीहरुलाई आज प्रमाण पत्रका साथ बढाइ ज्ञापन गरेका हुन ।

जिल्ला अदालतबाट लेखापढी कानून व्यवसायीको प्रमाण पत्र लिएर तथा मालपोत कार्यालय भक्तपुरबाट रु. ५० हजार धरौति राखेर भू सेवा दिन बार्षिक रु. ३ हजार शुल्क तिरेर अनुमति पाएर पनि सेवाग्रहीलाई सजिलो हुने गरी कार्यालयमै पुगेर सेवा दिनबाट बन्चित गर्दा सर्वसाधारण सेवाग्राही अन्यौलमा पर्ने भन्दै व्यवसायीले आफ््ना सेवाग्राहीलाई कार्यालयमै पुगेर सेवा दिन रोक्न नहुने धारणा राखेका छन् । यसको विरोधमा उत्रेका व्यवसायीहरु प्रहरी नियन्त्रणमा पुगेकाले भक्तपुरका व्यवसायीहरुले तत्काल कुनै पनि आन्दोलन घोषणा नगर्ने र केन्द्रीय एसोसियसनको निर्देशन अनुसार कार्य सम्पादान गर्ने नवनिर्वाचित अध्यक्ष रानाले जनाएका छन् । अध्यक्ष रानाले कार्यालयमा निषेध गरे पनि अनलाईन सेवा आफुहरुले नरोकिए पनि आफुहरुले कार्यालय प्रवेशमा रोक लगायो भनेर अनलाई सेवा समेत रोक्यो भन्ने गुनासो आएको उल्लेख गर्दै सरकारको नीतिसँगत रुपमा आफुहरुको व्यवसाय प्रवर्धनका समस्या समाधानमा लाग्ने उहाँले बताए । सो अवसरमा अधिवक्ता रविन्द्र प्रधानले विचौलिया निषेध भनेर मान्यता प्राप्त गरेका व्यवसायीहरुलाई समेत निषेध गर्नु गैरकानूनी कार्य भएको भन्दै त्यस विरुद्ध अदालत जान सकिने धारणा राखेका थिए । विचौलिया भनेपछि सरकारी मान्यता प्राप्त नगरेका व्यवसायीलाई मान्नुपर्नेमा मान्यता प्राप्त व्यवसायीलाई समेत निषेध गर्नु आपतिजनक भएको व्यवसायीहरुको धारणा थियो ।
सरकारको पछिल्लो निर्देशन विरुद्ध आन्दोलनको घोषणा नगरी सम्बन्धित निकायसँग समन्वय गर्ने भन्दै व्यवसायीले आफ्नो समस्यालाई सरोकारवाला निकायले ध्यान दिने विश्वास व्यक्त गरेका थिए ।
निर्वतमान सचिव दिपक श्रेष्ठले कार्यक्रमको उद्घोषण गर्नु भएको सो कार्यक्रममा निर्वाचन संयोजक रविन्द्र प्रधान, प्रियकुमार थापा, अनिश सुवाल, सुजन कार्की, राजेन्द्र बस्नेतलाई निर्वाचन सम्पन्न गर्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
गतचैत्र १४ गते सम्पन्न सो एसोसियसनको निर्वाचनबाट पूर्व अध्यक्ष रामशरण राना पुनः अध्यक्षमा निर्वाचित भएका थिए भने उपाध्यक्षमा रुपा भण्डारी, सचिवमा आशिष धिमिरे, सह सचिवमा विकास कुस्मा, कोषाध्यक्षमा श्यामसुन्दर सिलवाल र सदस्यहरुमा विश्व छुकां, विक्रम पराजुली, पञ्चराम गोर्खाली, श्यामकृष्ण गोजा, जयराम खड्का, सुजन दुवाल र निरवहादुर तामाङ निर्वाचित भएका थिए ।















