नेमकिपा द्वारा एमसिसि बिरुद्ध जनजागरण अभियान आयोजना, लमजुङको बेशिसहरमा कोण सभा र पर्चा वितरण कार्यक्रम सम्पन्न

नेमकिपा द्वारा एमसिसि बिरुद्ध जनजागरण अभियान आयोजना, लमजुङको बेशिसहरमा कोण सभा पर्चा वितरण कार्यक्रम सम्पन्न

भक्तपुर , ५मंसिर ।

नेपाल मजदुर किसान पार्टीको एमसिसि बिरुद्ध जनजागरण अभियान अन्तर्गत लमजुङको बेशिसहरमा कोण सभा र पर्चा वितरण कार्यक्रम एक समारोह बीच आइतबार सम्पन्न भयो।

कार्यक्रममा नेक्रायुसंघका रामकृष्ण प्रजापतिले विकासशील देसमा ठूला पुर्वाधार निर्माणमा साझेदारको नाममा सिक्किम देश पृथ्वीको भुगोलबाट समाप्त गरेजस्तै नेपाललाई पनि समाप्त गर्न आएको बताउनुभयो ।उहाँले भारतमा इष्ट इण्डिया कम्पनीको ब्यापार गर्ने नाममा आइ सयौं वर्ष उपनिवेश बनाएको इतिहास छत्यसरी नै नेपालीलाई तहसनहस गर्न आएको बताउनुभयो ।उहाँले एमसिसि इण्डो प्यासिफिक सैनिक गठबन्धन भएको बताउँदै नेपाल असंलग्न राष्ट्र र पन्चशील सिध्दान्त विपरित भएकोले खारेज गर्नुपर्ने बताउनुभयो ।उहाँले एमसिसिले निकारागुवा र तान्जनियामा चुनाव धाधलीको नाममा र घानामा ट्रन्समिशन प्रसारण लाइनमा हस्तक्षेप गरेको इतिहास समेत भएकोले एमसिसिले नेपालमा पनि हस्तक्षेप गर्ने निश्चित छ भन्नुभयो ।उहाँले एमसिसि सम्झौताको बेला नै उतर कोरियाको विरोधर चीनको तिब्बतमा दलाइलामाको समर्थन गर्नुपर्ने सर्तले नै यो सहयोग होइन हस्तक्षेप गर्न आएको र यसैबाट प्रस्त हुन्छ एमसिसि चास्नी पोतिएको बिष भएको  बताउनुभयो । उहाँले चीन उदाउँदो शक्ति रुपमाअगाडि आएको र अफ्रिकी देशहरुलाई सहयोगले तिरमिराएर अमेरिकाले एमसिसि सहयोगको नाममा एसियामा युध्द थुपार्न चाहेको बताउनुभयो।उहाँले संसदबाट पास गर्न दबाब आइरहेको समाचारले यदि यो संसदले पास भएको खण्डमा एमसिसिको बाँझिएको हकमा एमसिसिको बुदा लागू हुने दफाले देशसमाप्त हुनेमा आशंका व्यक्त गर्नुभयो।

कार्यक्रममा नेक्रायुसंघका रमेश बैधले पनि बोल्नु भयो भन्ने पर्चा वितरण समेत गरियो। त्यस्तै घले गाउँमा पनि पर्चा बितरण गरेको थियो।