महेश्वरी बैक्वेटमा ३ दिने स्टुडेन्टस् बुक फेयरको तयारी पूरा
भक्तपुर, माघ ४ गते
बुक क्लब अफ भक्तपुरले भक्तपुरमा तीन दिने पुस्तक प्रदर्शनी गर्ने भएको छ । यही माघ ५,६ र ७ गते महेश्वरी बैक्वेट थुसाचा भक्तपुरमा स्टुडेन्टस् बुक फेयर आयोजना गर्न अन्तिम तयारी पूरा गरेको हो ।सो प्रदर्शनीमा १८ भन्दा बढी प्रकाशन गृहहरुका २४ वटा स्थलमा बुक प्रदर्शनीको तयारी गरेको आयोजक समितिका अध्यक्ष दिनेश प्रधानले जनाएको छ । बालबालिकाहरुमा किताब पढ्ने बानि विकासका लागि यो पुस्तक प्रदर्शनी आयोजना गरेको उहाँले बताउनु भयो । पाठ्य पुस्तक भन्दा बाहिरका तर बालबालिकाको शैक्षिक विकासलाई टेवा पुग्ने किसिमका पुस्तकहरु प्रर्दशनीमा राखिने उहाँले बताए । विगतका वर्षहरुमा आरम्भ नेपालबाट पुस्तक प्रदर्शनी आयोजना गर्दै आएका आयोजकहरुबाटै बुक क्लब अफ भक्तपुरले पुस्तक प्रदर्शनी आयोजना गर्ने अन्तिम तयारी भएको अध्यक्ष प्रधानले बताए ।

स्वदेशी, स्थानीय तथा विदेशी पुस्तकहरु समते संग्रहित गरी प्रदर्शनीमा राखिएकाले प्रदर्शनी पूर्व तयारी हुँदै गर्दा पनि किताव किन्ने माहोल जम्मेको छ । सामान्य तह बजारमा नपाईने पुस्तकहरु समते प्रदर्शनीमा राखिने भएकाले पाठकहरुले खोजी खोजी किताब किन थालेका हुन । माघ ५ गते विहान १० बजे पञ्चकन्याहरुबाट पुस्तक प्रदर्शनीको उद्घाटन हुने छ । तीन दिनको पुस्तक प्रदर्शनीमा पुस्तक प्रदर्शनी मात्र नभई विज्ञहरु बीचको अन्तरक्रिया, बाल पोशनबारे डाक्टरी परामर्श, कार्टुन प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरी कार्यक्रमलाई थप आकर्षित गर्ने तयारी आयोजकहरुको छ ।
विद्यार्थी वर्गलाई लक्षित गरी आयोजना भएकाले तीन दिनमा १५ हजार भन्दा बढी विभिन्न विद्यालय कलेजका बालबालिकाहरुले प्रदर्शनीको अवलोकन हुने आयोजकहरुको भनाई छ । विद्यार्थीहरुलाई पाठ्य पुस्तक पढाएर मात्रै नपुग्ने उल्लेख गर्दै बौद्धिक विकासका साथै ब्यवहारिक बनाउनलाई पनि यस्तो खालको किताव प्रदर्शनी उपयोगि हुने भन्दै शिक्षक विश्वम्भर मानन्धरले यो पुस्तक प्रदर्शनी विद्यार्थीहरुलाई मात्र नभई शिक्षकहरुलाई पनि उपयोगि भएको बताए । विद्यार्थीहरुको शैक्षिक स्तर विकास गर्न सबैभन्दा पहिला शिक्षकले धेरै ज्ञानबद्र्धक पुस्तकहरुको अध्ययन गरेको हुनुपर्नेमा जोड दिदै उहाँले शिक्षामा सरकारको लगानी तथा वन्दोवस्ति नपुग्दा उच्चा शिक्षा हासिल गर्न विदेश जाने लर्को लागेको भन्दै स्वदेशमै पढ्ने वातावराण निर्माण आवश्यक भएकोमा उहाँले जोड दिए ।














