समस्याको निकासका लागि प्रधानन्यायाधीशसँग फेरि वार्ता गर्ने न्यायाधिसहरुको निर्णय ।
प्रधानन्यायाधिसको राजीनामा माग गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूले समस्याको निकासका लागि प्रधानन्यायाधीशसँग फेरि वार्ता गर्ने निर्णय गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको आज बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भोली छलफल गर्ने निर्णय गरेको हो । छलफलका लागि वातावरण बनाउन आज नै केही न्यायाधीशले प्रधानन्यायाधीशसँग भेट गरी बैठकको निर्णयबारे जानकारी दिएका छन् ।
न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर बहिर्गमन हुनु नै उपयुक्त निकास भएको ठहर समेत गरेको छ । यसका लागि प्रधानन्यायाधीशले केही समय मागेको खण्डमा समय दिने निर्णयसमेत भएको बताइएको छ । न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता गर्न ३ न्यायाधीशलाइ जिम्मा दिने निर्णय पनि गरेका छन् । प्रधानन्यायाधीश जबरासँग वार्ताका लागि न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिने निर्णय भएको छ । उनीहरुलाई प्रधानन्यायाधीश जबराको बहिर्गमन कसरी सहज हुन्छ भन्ने विषयमा छलफल गर्ने जिम्मेवारी दिइएको छ ।
Featured Posts – Style 1
मथिनपाका १४ औ नगर सभामा बोदे ऐतिहासिक तथा सांस्कृति नगरी पुस्तक सार्वजनिक
2026-06-24 Comments Off on मथिनपाका १४ औ नगर सभामा बोदे ऐतिहासिक तथा सांस्कृति नगरी पुस्तक सार्वजनिक
मथिनपाका १४ औ नगर सभामा बोदे ऐतिहासिक तथा सांस्कृति नगरी पुस्तक सार्वजनिकमध्यपुर, असार १० गतेमध्यपुर थिमी नगरपालिकाको आज भएको १४...
चाँगुनारायण नगरपालिकाको बजेट दुई अर्व चार करोड
2026-06-24 Comments Off on चाँगुनारायण नगरपालिकाको बजेट दुई अर्व चार करोड
चाँंगुनारायण । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ को लागि दुई अर्व चार करोड रुपैंयाको बजेट प्रस्तुत गरेको छ ।...
भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ५५ करोड
2026-06-24 Comments Off on भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ५५ करोड
भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ५५ करोड २०८३ असार १० गते, बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा...
भक्तपुर नगरपालिकाको आ.व. २०८३÷८४ को बजेट वक्तव्य
2026-06-24 Comments Off on भक्तपुर नगरपालिकाको आ.व. २०८३÷८४ को बजेट वक्तव्य
भक्तपुर नगरपालिकाको आ.व. २०८३÷८४ को बजेट वक्तव्यसभाध्यक्ष महोदय एवं सभासद् मित्रहरू,भक्तपुर नगरपालिकाको यस गरिमामय २० औं नगरसभामा उपस्थित सम्पूर्ण सभासद्हरू,...
प्रहरीद्वारा धारिलो हतियार प्रहार गरी ज्यान लिर्ने ३ जना पक्राउ
2026-06-23 Comments Off on प्रहरीद्वारा धारिलो हतियार प्रहार गरी ज्यान लिर्ने ३ जना पक्राउ
प्रहरीद्वारा धारिलो हतियार प्रहार गरी ज्यान लिर्ने ३ जना पक्राउ भक्तपुर, असार ९ गतेभक्तपुर प्रहरीले धारिलो हतियार प्रहार गरी ज्यान...













