प्रधानन्याधिशको राजिनामा माग गर्दै नेपाल बार एशोसिएसन धर्नामा ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आज नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । न्यायालयको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग सहित बारका कानुन व्यवसायीहरू धर्नामा बसेका हुन् । धर्ना कार्यक्रममा बरिष्ठ अधिवक्तासहितका कानुन व्यवसायीहरूको सहभागीता रहेको थियो । नेपाल बार एशोसीयसनले कात्तिक १७ गतेसम्म बिरोधको कार्यक्रम जारी रहने बताएको छ । कानुन व्यवसायीहरूले आज हातमा कालोपट्टीसमेत बाँधेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुले आफूहरूको आन्दोलन कुनै व्यक्तिविरुद्ध नभई न्यायपालिका शुद्धीकरणको लागि भएको बताएका छन् ।
न्यायालय शुद्धीकरणको लागि प्रधानन्यायाधीशको राजीनामा पहिलो शर्त भएको पनि उनीहरूले बताएका छन् । विवादमा मुछिएका उहाँले निकास दिनु पर्ने भन्दै सर्वोच्चका अरू न्यायाधीशहरूले इजलासमा बस्न इन्कार गरेका थिए । मन्त्रिपरिषदमा भागबन्डा खोजेको, न्यायालय सुधारमा अवरोध गरेको लगायत विषयमा अहिले प्रधानन्यायाधीश जबराको आलोचना भइरहेको छ । सर्वोच्चमा उहाँ बाहेक सबै न्यायाधीश एकातिर भएका छन् ।
यसैबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने आज इजलास राख्नुभएको छ । सर्वोच्च अदालतका सबैजसो न्यायाधीश तथा नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि दबाव दिँदै इजलासमा नबस्न चेतावनी दिएपनि प्रधानन्यायाधिश जबराले आज इजलास सञ्चालन गर्नुभएको हो ।
सर्वोच्च प्रशासनका अनुसार आज ३ बजे एकल इजलासमा पुग्नुभएका प्रधानन्यायाधीस जबराले नेपाली सेनाको सैनिक विशेष अदालतमा पुगेको मुद्दा जोडिएको क्षेत्र अधिकारको विषयमा प्रारम्भिक सुनुवाइ गर्नुभएको छ । महान्याधिवक्ता कार्यालयले दर्ता गरेको रिट निवेदनमा सरकारी वकिलहरूले वहस गरेका थिए । प्रारम्भिक सुनुवाइमा स्वतन्त्र कानुन व्यवसायीहरुको वहस आवश्यक नपर्ने भएकाले सरकार वकिल पक्ष मात्रै सम्मेलित हुँदा पनि प्राधानन्यायाधीश जबरालाई सहज भएको हो ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...












