प्रधानन्याधिशको राजिनामा माग गर्दै नेपाल बार एशोसिएसन धर्नामा ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आज नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । न्यायालयको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग सहित बारका कानुन व्यवसायीहरू धर्नामा बसेका हुन् । धर्ना कार्यक्रममा बरिष्ठ अधिवक्तासहितका कानुन व्यवसायीहरूको सहभागीता रहेको थियो । नेपाल बार एशोसीयसनले कात्तिक १७ गतेसम्म बिरोधको कार्यक्रम जारी रहने बताएको छ । कानुन व्यवसायीहरूले आज हातमा कालोपट्टीसमेत बाँधेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुले आफूहरूको आन्दोलन कुनै व्यक्तिविरुद्ध नभई न्यायपालिका शुद्धीकरणको लागि भएको बताएका छन् ।
न्यायालय शुद्धीकरणको लागि प्रधानन्यायाधीशको राजीनामा पहिलो शर्त भएको पनि उनीहरूले बताएका छन् । विवादमा मुछिएका उहाँले निकास दिनु पर्ने भन्दै सर्वोच्चका अरू न्यायाधीशहरूले इजलासमा बस्न इन्कार गरेका थिए । मन्त्रिपरिषदमा भागबन्डा खोजेको, न्यायालय सुधारमा अवरोध गरेको लगायत विषयमा अहिले प्रधानन्यायाधीश जबराको आलोचना भइरहेको छ । सर्वोच्चमा उहाँ बाहेक सबै न्यायाधीश एकातिर भएका छन् ।
यसैबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने आज इजलास राख्नुभएको छ । सर्वोच्च अदालतका सबैजसो न्यायाधीश तथा नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि दबाव दिँदै इजलासमा नबस्न चेतावनी दिएपनि प्रधानन्यायाधिश जबराले आज इजलास सञ्चालन गर्नुभएको हो ।
सर्वोच्च प्रशासनका अनुसार आज ३ बजे एकल इजलासमा पुग्नुभएका प्रधानन्यायाधीस जबराले नेपाली सेनाको सैनिक विशेष अदालतमा पुगेको मुद्दा जोडिएको क्षेत्र अधिकारको विषयमा प्रारम्भिक सुनुवाइ गर्नुभएको छ । महान्याधिवक्ता कार्यालयले दर्ता गरेको रिट निवेदनमा सरकारी वकिलहरूले वहस गरेका थिए । प्रारम्भिक सुनुवाइमा स्वतन्त्र कानुन व्यवसायीहरुको वहस आवश्यक नपर्ने भएकाले सरकार वकिल पक्ष मात्रै सम्मेलित हुँदा पनि प्राधानन्यायाधीश जबरालाई सहज भएको हो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...













