आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र स्कटल्याण्ड खेल्दै ।

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र स्कटल्याण्ड खेल्दै ।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज एक मात्रै खेल हुँदैछ ।विश्वकपको सुपर १२ अन्तर्गत आजको खेलमा अफगानिस्तान र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुबईस्थित सारजाह क्रिकेट स्टेडियममा हुने अफगानिस्तान र स्कटल्याण्डबीचको खेल साँझ७ः४५ मा सुरु हुनेछ ।
सुपर १२ को समूह २ मा रहेको अफगानिस्तान स्कटल्याण्डलाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ ।स्कटल्याण्ड पनि अफगानिस्तानलाई हराएर सुपर १२ मा विजयी सुरुवात गर्ने योजनामा हुनेछ ।स्कटल्याण्डले पहिलो पटक विश्वकपको सुपर १२ खेल्न लागेको हो । पहिलो चरणमा अपराजित रहँदै स्कटल्याण्डले सुपर १२ मा स्थान बनाएको हो ।दुई टिमबीचको पछिल्लो हेड टु हेडमा अफगानिस्तान बलियो देखिएको छ ।पछिल्ला पाँच भेटमा अफगानिस्तानले पाँचै खेल जितेको छ ।