उत्कृष्ठ साहित्यकारहरुलाई पुरस्कृत गर्दै यस वर्षको तःमुज्या सम्पन्न

उत्कृष्ठ साहित्यकारहरुलाई पुरस्कृत गर्दै यस वर्षको तःमुज्या सम्पन्न
भक्तपुर, कार्तिक २ गते
यस वर्षको ४१ औं नेपाल भाषा साहित्य तःमुज्या एवं सांस्कृतिक ब्वज्या सोमबार सम्पन्न भएको छ । तःमुज्यामा वाचन गरीएका उत्कृष्ठ साहित्यकारहरुलाई पुरस्कृत गर्दै दुई दिने तःमुज्या यो वर्षको लागि सम्पन्न गरेको हो । ख्वप कलेजको प्रांगणमा भएको तःमुज्याको पहिलो दिनमा ६ जना साँस्कृतिक गुरुहरुलाई सम्मानित गरेको थियो भने दोस्रो दिनमा उत्कृष्ठ साहित्यकारहरुलाई पुरस्कृति गरेको थियो । तःमुज्याका प्रमुख अतिथी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सो अवसरमा साँस्कृतिक गुरुहरु विश्व विद्यालयको प्रध्यापकहरु सरह भएको बताउँदै डकर्मी सिकर्मीहरुलाई सैद्धान्तिक ज्ञान दिएर तिनीहरुको ज्ञानसिप नयाँ पुस्तामा सिकाउन सक्ने बनाउनुपर्नेमा जोड दिनु भयो । तःमुज्याका गतिविधिहरुलाई निरन्तरता दिन सके अवको २०।२२ वर्षपछि घर घरमा कलाकारहरु हुने बताउनु भयो । अध्यक्ष विजुक्छेले सरकारले ख्वप विश्व विद्यालय नदिए पनि निरास हुन नपर्ने बताउँदै खुल्ला विश्व विद्यालयस्थापना गरेर शैक्षिक विकास गर्नेमा जोड दिनु भयो ।

सो अवसरमा सांसद प्रेम सुवालले सत्तासिन दलहरु एमसीसीका दस्तावेजको अध्ययन नै नगरी पास गर्न लागि परेको उल्लेख गर्दै एमसीसीले देशमा अमेरिकी सामाज्यवाद र भारतीय विस्तारवाद हावि हुने भएकोले यसलाई पास हुन दिन नहुनेमा जोड दिनु भयो । प्रदेश सांसद सृजना सैंजूले पनि एमसीसी राष्ट्रघाटी भएको भन्दै राष्ट्रिय स्वाधिनताको रक्षाको लागि एमसीसीको विरोध गर्न आवश्यक भएको बताउनु भयो । नेमकिपा काठमाण्डौका अध्यक्ष नारायण महर्जनले व्यापक जनताको पक्षमा संघषरत नेमकिपालाई एकल्याउने दृसप्रयास विरुद्ध पनि एमसीसी आन्दोलन देशभर फैलाइरहेको उल्लेख गर्नु भयो ।
नेपाल भाषाका विभिन्न कविता, कथा, गीत नृत्य सहित दुई दिन सम्म चलेको तःमुज्यामा पत्रकार भैरव रिसाल, चिकित्सक डा.पुकारचन्द श्रेष्ठ, राजेन्द्र कोजू, इतिहासकार प्रा.डा. पुरुषोतमलोचन श्रेष्ठ, पूर्व प्रहरी उपरीक्षक नारायण आचार्य, समाजसेवी कृष्णलाल प्रधान, साहित्यकार इन्दिरा प्रसाई लगायतका दजनौं विषयविज्ञ र अतिथी साहित्यकारहरुले साहित्य वाचन गरेका थिए ।