मुटु बचाऔं १ सय वर्षसम्म बाँचौंः डा.रेग्मी

मुटु बचाऔं १ सय वर्षसम्म बाँचौंः डा.रेग्मी
भक्तपुर, असोज २३ गते
सधै अध्ययन अध्यापनमा व्यस्त रहन रुचाउने भक्तपुरका निवृत्त शिक्षकहरु आज आफ्नो मुटु वचाउन अभियानमा जुतेका छन् । ३०।४० वर्षसम्मको निरन्तर शिक्षण पेसा पूरा गर्दा उमेरले ६० वर्ष नाघेका शिक्षकहरुले बाँकी जीवन स्वस्थ रहन मुटुरोग बारे चर्चा गर्दै डक्टरी परामर्श लिएका हुन ।
सेवा निवृत्त शिक्षक समाज भक्तपुरले आज वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेम्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दा सहभागि शिक्षक, शिक्षिकाहरुले आआफ्ना मुटुसँग जोडिएका विभिन्न रोगका समस्या र गुनासोहरुको सुनुवाई गर्दै स्वस्थ जीवनयापनका लागि खानपिन र ब्यवहार सुधारका बारेमा छलफल गरेका थिए । खानपिन र ब्यवहार सुधार गर्न सके ४० वर्षमा लाग्ने रोग पनि ६० वर्षमा पनि नलाग्ने गर्न सकिने र मानिस सहजै एक सर्षसम्म बाच्न सकिने विश्वास व्यक्त गर्दै डाक्टर रेग्मीले मुटु रोगका लक्षणहरु, सुगर प्रेसर  नियन्त्रण बारे अभिमुखिकरण गर्नु भयो ।
मुटु नलिहरु ६० प्रतिशत भन्दा बढी अवरुद्ध भएपछि मात्रै मानिसमा मुटु सम्बन्धि रोगका लक्षणहरु देखिने भएकाले कम्तिमा वर्षको एक पटक भएपनि मुटु सहित शरीर चेक जाँच गराउनुपर्नेमा डा. रेग्मीले सुझाव दिनु भयो । ३० वर्ष नाघेपछि नियमित स्वास्थ्य जाच गरेमा भविष्यमा हुन सक्ने मुटु रोगबाट बाच्न सकिने बताउनु भयो । कुनै रोग देखिने बितिकै शरीरमा लामो समय देखि संक्रमण भएको बुझ्नुपर्ने र त्यस्ता रोगबाट बच्नकालागि नियमति चेकजाँच गर्न अनुरोध गरेका हुन । मुटुरोगिहरु ग्यास्टिकको उपचारमा रहने र ग्याष्टिकका रोगिहरु मनसिकरुपले मुटु रोग लाग्यो भनेर मुटुरोग विशेषज्ञसँग परामर्शमा आउने धेरै रहेको उल्लेख गर्दै डाक्टर रेग्मीले मुटु रोगको लक्षण अनुसार उपचार गर्न र औषधी सेवन गर्नुपर्यो भन्नेर दिकदार नहुन आग्रह गर्नु भयो । औषधी कहिले खाने कहिले नखाने गर्न नहुने उल्लेख गर्दै औषधी सेवनले रोगको सुधार हुने विश्वास गर्नु भयो ।

हर्ट आट्याक एकै पटक नहुने हर्ट आट्याक हुन मुटुका नलिहरुमा पहिलै संक्रमण भइसकेको हुने भएकाले त्यस्तो संक्रमणको पहिचान गरी डाक्टरी परामर्श अनुसार उपचार गर्न सक्नुपर्नेमा जोड दिनु भयो । यसरी समयमै उपचार गर्न सके हर्ट आट्याक नहुने कुरामा जोड दिन्दै डक्टर रेग्मीले दिन रात, बस्दा उठ्दा मानिसको प्रेसर  उत्तार चढाब आउने सामान्य कुरा भए पनि निरन्तर प्रेस बढी रहयो वा घटि रहयो भने ध्यान दिनुपर्ने तर शरीरमा कुनै असर नपर्ने गरी सामान्य प्रेसभन्दा घटि बढी रहनुमा पनि चिन्ता लिन नपर्ने बताउनु भयो । मानिसको वशानुगत र शरीरको बनाओट अनुसार यसको प्रभाव फरक फरक पर्ने भएकाले शरीर अनुकूल वा प्रतिकुल  अवस्थालाई ध्यान दिन सक्नुपर्नेमा जोड दिनु भयो ।

बढी चुरोत र सूर्ति सेवन, मोटोपन, शारीरिक अभ्यास नहुनु, शरीरमा रगत जम्नु वा रगत बाक्लो हुनु, टेन्सन, प्रेसर बढ्नु, शरीरमा कोलस्तोर, डाइबेटिज हुनु, फाइबरयुक्त खाना नखानु लगायतका कारणले मुटु कमजोर भइ विभिन्न संक्रमण र रोग देखिने भएकाले स्वस्थपरक खाद्यनहरु मत्र खान, मध्यपान, धुम्रपान नगर्न र शारिरीक अभ्यास नियमित गर्न आग्रह गर्नु भयो ।
रक्सिको लत लागेका मानिसहरुले लत छोड्न नसकेमा खालिपेटमा अलिकति सेवन गर्ने बितिकै रक्सिको मात छिटै लाग्ने र बढी रक्सि सेवन गर्न समेत नपर्ने बताउँदै बढी रक्सिसेवनले शरीरमा बढी असर पर्ने उल्लेख गर्नु भयो । ठोरै रक्सि मात्रै शरीरलाई सकारात्मक हुने बढी रक्सिले संक्रमण निम्तिने भएकाले मात्रा मिलाएर मात्रै सेवन गर्न सक्नुपर्नेमा जोड दिनु भयो ।
सेवा निवृत्त शिक्षक समाजका अध्यक्ष अम्बिका मानन्धरको सभापतित्वमा भएको सा कार्यक्रममा समाजका कोषाध्यक्ष विश्वराम कवांले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।