भनपा १०मा स्वास्थ्य शिविर

भनपा १०मा स्वास्थ्य शिविर
भक्तपुर, बैशाख ५ गते
भक्तपुर नगरपालिका वडा नं १०मा आज आयोजित पाठेघरको मुखको परीक्षण (पापस्मेयर जाँच) तथा स्तन परीक्षण सम्बन्धि स्वास्थ्य शिविरमा २ सय भन्दा बढी लाभावित भएका छन् । कमलविनायकस्थित सरस्वती विद्या गृह परिसरमा आज विहान ७ः३० बजे देखि १ बजेसम्म भएको सो शिविरमा सयौं महिला दिदिी बहिनीहरुले स्वास्थ्य परीक्षण गराएका हुन । भक्तपुर क्यान्सर अस्पताल र ख्वप अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको प्राविधिक सहयोगमा आयोजित सो शिविरका स्थानीय वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले उद्घाटन गरेका थिए । कार्यक्रममा ख्वप अस्पतालका डाक्टर रत्नसुन्दर लासिवा, र भक्तपुर क्यान्सर अस्पतालका व्यवस्थापक राजाराम तजलेसहितका अतिथीहरुले बढ्दो नसर्ने रोगहरुबाट बच्नकालागि नियमित स्वास्थ्य परिक्षण गराउनुपर्नेमा जोड दिदै लक्षण देखिने बितिक्कै उपचार गरे क्यान्सर जस्तो प्राण घाटक रोगहरुबाट पनि बच्न सकिने धाराणाका साथ भक्तपुर नगरपालिकाले टोल टोलमा स्वास्थ्य शिविर आयोजना गर्दै घरदैलो नर्सिङसेवासहित शहरी स्वास्थ्य केन्द्रहरु सञ्चालनमा रहेको बताएका थिए ।