मथिनपा १मा कांग्रेस अगाडी

मथिनपा १मा कांग्रेस अगाडी

भक्तपुर, बैशाख ३१ गते

भमध्यपुर थिमी नगरपालिकाको वडा नम्वर १ मा ८०० मतगणना हुँदा कांग्रेसका प्रमुख उम्मेदवारले ४३७ मत प्राप्त गरेको छ भने एमालेका प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठले २८६ मत पाएको छ । उपप्रमुखमा एमालेले ३३६ मत प्राप्त गरेको छ भने हसिया हठौडाले २९६ मत प्राप्त गरेको छ। यसै गरी वडाध्यक्षमा रुखले ४१५, सूर्यले २९३ मत प्राप्त गरेको छ । महिला सदस्यमा रुख ४०८, सूर्य ३०८, दलित महिलामा रुख ४११, सूर्य ३०२, सदस्यहरुमा रुख ३८४, २२८ र सूर्य ३६७, ३१६ मत प्राप्त गरेको निर्वाचन अधिकृत मैया कडेलले जनाएको छ ।
भक्तपुरका ४ वटा नगरपालिकाहरु मध्ये मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाको वडा नम्वर १को मत गणना गएरातीबाट सुरु भएको थियो भने भक्तपुर नगरपालिका वडा नम्वर १,२,३को मतगणना आज विहानबाट सुरु भएको छ । चाँगुनारयण नगरपालिकाको मत गणना गर्ने केही बेरमा सुरु गर्ने तयारी छ ।