भक्तपुरमा अझै ५७७ सक्रिय संक्रमित
भक्तपुर, भाद्र २ गते
देशभर कोरोना संक्रमण दर घट्दै गए पनि भक्तपुरमा अझै ५सय भन्दा बढी संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । २८ हजार ४४६ संक्रमितहरु मध्ये २७ हजार ५ सय २९ जना निको भएपछि हाल ५ सय ७७ जना संक्रमितहरु रहेको कार्यालय प्रमुख कृष्णवहादुर मिजारले जनाएको छ । सक्रिय संक्रमित मध्ये २१ महिला र २१ पुरुष गरी ४२ जना अस्पताल र संस्थागत आइसोलेशनमा रहेका छन् भने ५ सय ३५ जना होम आइसोलेशनमा रहेका छन् । कोरोना संक्रमणबाट हालसम्म भक्तपुरमा ३४० जनाको मृत्यु भइसकेको छ मृत्यु हुनेहरुमा २१८ पुरुष र १२२ महिला थिए । पछिल्लो २४ घण्टामा २४ पुरुष र २४ महिला गरी ४८ जना संक्रमितहरु संक्रमण मुक्त भएका छन् ।
भक्तपुर नगरमा हालसम्म २६८१ पुरुष र २४६४ पहिला गरी ५१४५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेका छन् । त्यस मध्ये हाल ७९ जना सक्रिय संक्रमित छन् भने चाँगुनारायण नगरपालिका क्षेत्रमा २१२२ पुरुष र १६५४ महिला गरी ३७७६ जना संक्रमित भइसक्दा १०५ संक्रमित बाँकी छन् । यस्तै मध्यपुर थिमी नगरपालिकाका ४८५२ पुरुष र ४२४२ महिला गरी ९ हजार९४ जना संक्रमित भएका मध्ये १७० संक्रिय संक्रमित छन् । सूर्यविनायक नगरपालिकामा ४९५३ पुरुष र ४१३६ महिला गरी ९०८९ संक्रमित भएका मध्ये अझै २०३ जना सक्रिय संक्रमित छन् । संक्रमितहरुमा ७४६ पुरुष र ५९६ महिला गरी १३४२ ठेगाना नखुलेका व्यक्तिहरु संक्रमित भएका थिए भने त्यस मध्येका अझै २० जना सक्रिय संक्रमित अवस्थामा छन् । यसरी कोरोना संक्रमण दर घद्दै गए पनि भक्तपुर जिल्लामा अझै ५ सय ७७ जना सक्रिय संक्रमित रेहेको कार्यालय प्रमुख मिजारले जनाए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














