औपचारिकतामै मनाइँयो भक्तपुरको सापरु , हुलमुल हुँदा संक्रमण बढ्ने आशंका !
भक्तपुर, भाद्र ७ गते
भक्तपुरको सापारु गाईजात्रा पर्व औपचारिकतामा सिमित गरी सम्पन्न भएको छ । आज विहान देखि सुरु भएको गाई जात्रा पर्व दिनभर पानी परेकाले पनि छिटो सम्पन्न भएको देखिन्छ । त्यसमाथि कोरोना संक्रमणको जाखिमलाई ध्यान दिएर घिन्तांघिसि नाच र अन्य नाच तथा बाजा भजन समेत बन्देज गरेपछि भन्ने सापारुको रौनक नदेखिए पनि फताफत र शान्तपूर्वक जात्रा व्यवस्थापन भएको देखिएको थियो । करिव ८ सय देखि एक हजार जनाको सा घुमाएको दर्शकहरुको आंकलन छ । भक्तपुर नगरपालिकाले हरेक वर्ष सापारुको मूल्यांकन गर्ने गरे पनि यस वर्ष कोरोना संक्रमणका कारण सरोकारवालाले नै यस वर्ष सापारुलाई औपचारिकतामा सिमित गर्ने निर्णय गरेको थियो । त्यसैले यस वर्ष साँको तथ्यांक र मूल्यांकन गरी यसको उत्कृष्ठतालाई दर्साउन सकेको थिएन ।
ठाउँ ठाउँमा हजूरको मास्क खोई? भन्दै प्रहरी प्रशासनले जात्रामा आउनेलाई सोध्ने, मास्क नलगाएकालाई जात्रामा हिड्न नदिने तथा विभिन्न सहयोगि सस्था र व्यक्तिहरुले जात्रामा आएका समुदायका लागि निःशुल्क मास्क वितरण गरेका थिए । सापारु पद्मार्गका विभिन्न स्थानमा खानेपानीको व्यवस्था देखिन्थ्यो भने भक्तपुर नगरपालिकाको जनस्वास्थ्य सेवा केन्द्रको स्वास्थ्य शिविर भक्तपुरको दत्तात्रय, टांैमढी लगायत विभिन्न हुलमुल हुने स्थानमा राखेर यात्रुहरुको स्वास्थ्य उपचार, औषधि वितरण एवं मास्क वितरणको समेत व्यवस्था गरेको स्वास्थ्यकर्मी कृष्णस्वरी लवजुले बताए ।
कोरोना संक्रमणको जोखिमका कारण औपचारिकतामा सिमित गरिए पनि साँ ल्याउने समुदायसँगसँगै जात्रामा निस्कदा हुलमुल भएको देखिएपछि कोरोना संक्रमणको डर बढेको जात्रा हेर्न आउने यात्रुहरुले प्रतिकृया दिएका छन् । वर्षभरी मानिस बितेका परिवारजनले गाईका विभिन्न स्वरुप बनाई नगरको निश्चित मार्गमा घुमाउने परम्परालाई वर्षभरि के कति मानिसको मृत्यु भयो भनि तथ्यांक संकलन गर्ने ऐतिहासिक एवं साँस्कृतिक पर्वको रुपमा यस पर्वलाई लिने गरेको र यस पर्वलाई प्रताप मल्लले व्यवस्थित गरेको भए पनि यो पर्व गोपाल वंशकालिन भएको युवा संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले जनाए । मृतकको सम्झाना र श्रद्धा व्यक्त गर्ने यस पर्व नेवार समुदायले आफ्नो मौलिक संस्कारका रुपमा देशभर छरिएर रहेका नेवार समुदायले आआफ्नै शैलीमा गाईका विभिन्न स्वरुप बनाएर नगर घुमाउने चलन रहेको छ । यद्यपी भक्तपुरको घिन्तांघिसि र ताहा साँको विशेषता र मौलिकताले सबैको ध्यान भक्तपुरमा मनाईने सापारु पर्वतिर तानिएको छ । यसै पर्वलाई अचेल गाई जात्रा पर्व भनि हास्यव्यंग गर्ने पर्वको रुपमा देशविदेशमा समेत चर्चित छ । यस पर्वलेको सेरोफेरोमा विभिन्न कार्यक्रम आयोजना गरी समसायिक, राजनैतिक, सामाजिक विषयवस्तुलाई निर्धकताका साथ प्रस्तुत गर्ने गर्दछ । गाई जात्रालाई शासक वर्गले जनतासँग आफ्नो कार्यसम्पादनको प्रतिकृया दिने समयको रुपमा लिने गरेको पनि संस्कृतिविद् विश्वमोहन जोशी बताउँछन् । यस वर्ष कोरोना संक्रमणका कारण ऐतिहासिक नाच गान र बाजा नबज्दा जात्रालु मात्र होइन हेरालुहरुले पनि त्यति हासे रस पाउन सकेको थिएन । त्यसमाथि हास्यव्यंग्यात्मक प्रस्तुती पनि कोरोना संक्रमणको जोखिमका कारण प्रस्तुत नगर्दा गाई जात्रा गाई जात्रा जस्तो देखिएन वरु सापारु पर्व जस्तो मात्र देखियो एक दर्शकको प्रतिकृया थियो ।
सापारु पर्वको अवधिमा भक्तपुरको दत्तात्रय, तौमढी, दरवार क्षेत्रमा भने दर्शकहरुको भिड देखिएको थियो । बुलुचाबाट आज साँझ निकालिएको भैरवको रथसँगै अन्य दुई दर्जन ताहा साँको पद्यात्रामा भने हजारौ जात्रालु र दर्शकको घुईचो रहेको थियो । औपचारिकतामा सिमित गर्ने भनिए पनि दर्शक र जात्रालुको हुलले कोरोना संक्रमण बढ्ने हुन की भनि आसंका बढेको स्थानीयले बताए । सामाजिक दुरी कायम भएन, कतिपयले माक्स समेत लगाएन, बाजा बजाउन नपाए पछि ठाल थताएर पनि उफ्रि उफ्रि घिन्तांघिसि नाच्न थालेपछि कोरोना जोखिम बढ्ने होकि भनि आसंका गरेका हुन ।
जात्राको क्रममा दत्तात्रय मन्दिर परिसर पुगेपछि भैरवको रथ ३ चक्कर लगाउनेक्रममा एक्कासि धिन्तांधिसि धुनको बाजा बजाउन थालेपछि एक्कै पटक हजारौं दर्शक र जात्रालुहरु उफ्रि उफ्रि नाचेका थिए । यसले नाचको महत्व र यसको उमंग प्रष्ट पारेको छ । वर्षको यी नै नौ दिन आठ रातको गुन्हिपुन्ही पर्वमा मात्रै बनाउने घिन्तांघिसि नाँच र बाजाको धुन नै सापारु पर्वको रौनक देखिएको हो । जुन बेला घिन्तांघिसि तालको बाजा बज्यो सबै उफ्रियो कोरोनाको जोखिम विर्सियो । यो स्वास्थ्य संकटमा सांस्कृतिक उमंगले कोरोना थप नबढोस् सबै सचेत बनौं ।
Featured Posts – Style 1
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
2026-06-03 Comments Off on नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागतभक्तपुर, जेष्ठ २० गतेभक्तपुरका पत्रकारहरुले नवनियुक्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत गरेका छन् । जिल्लाका...
ईदिने ई–कमर्श तालिम मंगलबार सम्पन्न
2026-06-03 Comments Off on ईदिने ई–कमर्श तालिम मंगलबार सम्पन्न
ई–कमर्श तालिम सम्पन्नभक्तपुरःउद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना एवं भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालित दुईदिने ई–कमर्श तालिम मंगलबार सम्पन्न...
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
2026-06-02 Comments Off on २ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमाभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले २ राउण्ड गोली र लागू औषध सहित...
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
2026-06-02 Comments Off on होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउ
होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई प्रहरीद्वारा पक्राउभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले होटलमा पैसा नतिरी व्यवसायीलाई धम्काउने १जनालाई पक्राउ गरिएको...
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
2026-06-02 Comments Off on भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत २०८३ जेठ १९ गते भक्तपुर नगरपालिकाले भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी...












