सापारु पर्व आज विहान देखि सुरु
भक्तपुर,भाद्र ७ गते
नेवार समुदायको मौलिक पर्व सापारु आज विहान देखि सुरु भएको छ । हिजो साँझ तलेजुबाट यस वर्षको सापारु पर्व सुरु गरेपछि आज सर्व साधारण समुदायले सापारु पर्व मनाउने परम्परा रहेको छ । कोरोना संक्रमणको जोखिमका कारण भने आज वर्ष दिनमा दिवंगत भएका परिवारजनलाई औपचारिकता पूरा गरेर मात्रै सापारु पर्व मनाउन सरोकारवाला निकायले अनुरोध गरेका छन् । यसै कारण पनि यस वर्षको सापारुमा घिन्तांघिसि लगायत कुनै पनि नाँच र बाजा गाजा नवजाईकन सां वा ताहा सां मात्र पद्यात्रा गराएर मनाइ रहेका छन् । वर्ष दिनमा के कति मानिसको मृत्यु भयो? त्यसको तथ्यांक संकलन गर्ने उदेश्यले यो पर्व परापुर्व काल देखि चल्दै आएको युवा संस्कृतिकर्मी ओमप्रसाद द्यौभडलले जनाएको छ ।
सापारु पर्वलाई अचेल गाईजात्राको रुपमा देशभर मनाउन थालेका छन् । यो यस पर्वको महत्व र गर्वको विषय पनि हो । यस पर्वलाइ गाईजात्रा नामाकरण गरिए पनि सापारु पर्वकै रुपमा मनाउन सके यस पर्वको महत्व अझै बढ्ने सरोकारवालाहरुको जोड छ । पण्डित हरीशरण शर्माले मौलिक संस्कृति र सभ्यता एवं नामाकरणमा बाह्य हस्तक्षपले पुर्खा देखि मनाउँदै आएको सभ्यताको महत्व र बैज्ञानिक आधारहरु समेत हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । गाई जात्राले हास्य व्यंगको अर्थ जनाउँछ भने सापारुले दिवंगत परिवारका सादस्यकोे मुक्तिको कामना गर्दै श्रद्धाव्यक्त गर्दछन् । संस्कृतिवदहरुले यस विषयलाई गहनरुपमा विश्लेषण गरी यस पर्वको महत्वलाई बुझ्न, बझाउन आवश्यक भएकोमा जोड दिएका हुन ।
Featured Posts – Style 1
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
2026-07-22 Comments Off on राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोडकाठमाडौं ।नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन, कर्णाली प्रदेशको खाद्य सुरक्षा अवस्था...
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...













