एक सहकारी एक गोदाम आवश्यक छः महाप्रबन्धक भट्टराई
काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका महाप्रबन्धक रुद्र भट्टराईले एक सहकारी एक गोदाम आवश्यक रहेको बताएका छन् । आइबार प्रथम सहकारी रोजगार मेलामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडः रोजगारीको अवस्था र आगामी सम्भावनाहरुबारे कार्यपत्र प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
महाप्रबन्धक भट्टराईले भने, ‘एक सहकारी एक गोदाम हुनुपर्छ । हाम्रो किसानहरुले उत्पादन गरेको वस्तुहरु राख्ने ठाउँ छैन । यसले गर्दा पनि उनीहरुले विचौलियाहरुलाइ तुरुन्तै बिक्री गर्नु पर्ने बाध्यता रहेको छ ।’
त्यस्तै उनले सरकारले एक पालिका एक कृषि बजार बनाउनु पर्ने उनले माग राखे । ‘कृषि क्षेत्रमा बजारको पनि अभाव रहेको छ । सरकारले एक पालिका एक कृषि बजार बनाउनु पर्छ । यसो गर्न सकिएमा हाम्रा उत्पादनहरुले बजार खोज्दै भौतारिनु पर्ने थिएन ।’
सरकारले जबसम्म मल र स्तरिय बिउको व्यवस्था नगरेसम्म उत्पादन बढाउन नसकिने उनले बताए । ‘हाम्रामा उत्पादन भएका वस्तुहरुको समर्थन मूल्य तोक्नका लागि ढिला गर्ने गरिएको छ । उत्पादनको समर्थन मूल्य बाली लगाउनु पहिले तोक्नु पर्छ । समर्थन मूल्य अगाडी नै तोकेमा किसानहरुले उत्पादन गर्न जोड दिन्छन्’, उनले भने ।
सहकारी मर्जरमा जानु पर्ने विषयमा उनले असन्तुष्ट जनाए । उनले भने, ‘एकातिर सहकारीलाई मर्जरमा लैजाने भनिएको छ । भएका सहकारीलाइ राम्रा बनाउनु पर्छ । किन मर्जरमा जोड दिनु पर्यो । संख्या घटाउँदैमा राम्रो हुन्छ भन्ने होइन । भएका सहकारीलाइ व्यवस्थित बनाउनु पर्छ ।’
करिब दुइ हजारको हाराहारीमा अहिले पनि साना किसान सहकारीहरुले स्थापना गरेको उद्योगहरुमा जागिरको रुपमा काम गरिरहेको उनले जानकारी दिए । आगामी दिनमा यस्तोे संख्या थप बढाउँदै लैनाने योजना रहेको उनले सुनाए ।
रोजगारी सिर्जनका लागि आगामी योजना सुनाउँदै उनले औपचारिक, अनौपचारिक, प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताए । यसका साथै उनले कृषिमा डिजिटलाइजेसन र पारिवारिक खेती गर्ने किसानहरुको पहिचान र प्रर्वद्धन गर्न ध्यान दिनस पर्ने बताए । साथै सरकारले सहकारी क्षेत्रमा रोजगारी दिने जुन लक्ष्य लिएको छ यसमा सहकारीले सहयोग गर्ने उनले बताए ।
Featured Posts – Style 1
विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
2026-06-16 Comments Off on विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थभक्तपुर, १ असार । सूर्यविनायक नगरपालिका वडा नं. १...
प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रम
2026-06-16 Comments Off on प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रम
प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रमकाठमाण्डाै,"बालबालिकाकाे निश्चित भविष्यकाे कामना: प्रविना फाउण्डेशनकाे एकमात्र चाहना" नारा सहित पवित्र उद्धेश्य लिइ बि.सं. २०६५...
सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती
2026-06-16 Comments Off on सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती
सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती काठमाडौं । अर्थमन्त्री डा....
जेष्ठ महिनामा भक्तपुरमा १६ जघन्य तथा गम्भीर अपराध घट्यो,
2026-06-16 Comments Off on जेष्ठ महिनामा भक्तपुरमा १६ जघन्य तथा गम्भीर अपराध घट्यो,
जेष्ठ महिनामा भक्तपुरमा १६ जघन्य तथा गम्भीर अपराध घट्यो,भक्तपुर, असार २ गतेगत जेष्ठ महिनाभित्र जघन्य तथा गम्भिर प्रकृतिका १६ वटा...
नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशन
2026-06-15 Comments Off on नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशन
नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशनभक्तपुर, १ असार । बागमती प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित हुने...














