आकस्मिक रक्तदानको दोस्रो दिनमा ४८ जनाले गरे रक्तदान

आकस्मिक रक्तदानको दोस्रो दिनमा ४८ जनाले गरे रक्तदान
मध्यपुर ठिमी, जेष्ठ ५ गते
भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिको संयुक्त संयोजनमा संचालन भईरहेको सेवा परमो धर्म अभियान अन्तर्गत शनिबार मध्यपुरथिमि बालकुमारीमा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना भयो । मौजूदा कोभिड १९ महामारीका बीच रगतको अभावलाई न्यूनिकरण गर्ने उद्देश्य अनुरुप उक्त रक्तदान कार्यक्रमको आयोजना भएको हो । भक्तपुर जिल्लाका विभिन्न स्थानहरुमा सप्ताहव्यापी रुपमा आयोजना गरिने उक्त कार्यक्रम अन्तर्गत दोस्रो दिन शनिबार १२ महिला र ३६ पुरुषबाट गरी ४८ प्याकेट रगत संकलन भएको छ । उक्त रक्तदान कार्यक्रमको संयोजन भक्तपुर चेम्बर अफ कमर्शबाट भएको हो । साथै रक्तदान कार्यक्रममा ब्लोडान भक्तपुर र पायोनियर ओपन क्रुको विशेष सहयोग रहेको थियो । अभियानलाई सफल रुपमा सञ्चालन गर्नका लागि जिल्ला प्याब्सन भक्तपुर, भक्तपुर डाक्टरस् सोसाइटी, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, नेपाल नसिंड्ड संघ, सिबिआर भक्तपुर, भक्तपुर हार्ट एण्ड डायेवेटिक सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टि प्यालेस तथा क्याटरिड्ड संघ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लि. को सहकार्य रहदै आएको भक्तपुर चेम्बर अफ कमर्शका प्रमुख कार्यकारी अधिकृत राजु मान बज्राचार्यले बताउनु भयो । प्ताहव्यापी रक्तदान कार्यक्रम अन्तर्गत हिजो आषाढ ४ गते लान्चा फल्चा, कमलविनायकबाट ३७ प्याकेट रगत संकलन भएको थियो । कार्यक्रम अन्तर्गत ६ गते टुरिजम मार्केट, सूर्यविनायक, ७ गते मध्यपुरथिमि राधेराधे, ८ गते सल्लाघारी कम्प्लेस, सल्लाघारी, ९ गते नर्थ प्वाइन्ट मल, बोडे र १० गते च्याम्हसिंह भक्तपुरमा रक्तदान कार्यक्रम हुने भएको छ ।

 

भक्तपुर चेम्बरको सप्ताहव्यापी आकस्मिक रक्तदान कार्यक्रम
असार ५, केके मानन्धर
कोभिड– १९ नियन्त्रण तथा रोकथामको लागि सञ्चालित परमो धर्म अभियानलाई भक्तपुरमा तीब्र बनाइएको छ । विभिन्न संघसंस्थाहरूको सहकार्यमा भक्तपुर चेम्बर अफ कमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिले संयोजन गरेको अभियान अन्तर्गत अहिले सप्ताहव्यापी आकस्मिक रक्तदान कार्यक्रम भइरहेको छ । रगत संकलन गर्ने कार्यक्रममा ब्लोडान भक्तपुर र पायोनियर ओपन क्रूले सहकार्य गरेको छ ।
अभियान अन्तर्गत आज थिमिको बालकुमारी (क्वलाखु) मा सम्पन्न रक्तदान कार्यक्रममा ४८ जना महानुभावहरुले रगत दान गरेका छन् । ’हामीले स्वास्थ्य सुरक्षाको मापदण्डलाई मध्यनगर गरि रगत अभावको समस्यालाई पूर्ति गर्ने उद्देश्यले आकस्मिक रक्तदान कार्यक्रम गरेका छौं ।’ कार्यक्रम संयोजक तथा भक्तपुर चेम्बरका सदस्य जगत बहादुर श्रेष्ठले जनाए । निषेधाज्ञा जारी भएको अवस्थामा रगत संकलन गर्नु सजिलो विषय नभएको उहाँको तर्क थियो । त्यसैले सीमित समयावधिमा रक्तदाताको संख्या बढाउनको लागि मौखिक रूपमा आग्रह गर्नुपरेको संयोजक श्रेष्ठले जनाए ।
हुनपनि कोभिड संक्रमणको त्रास विद्यमान रहेको अवस्थामा आकस्मिक रगत संकलन गर्नु चूनौतीपूर्ण विषय हो । महामारीको बखत रगत अभाव हुनु स्वभाविक छ । यस्तो अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि सञ्चालन हुँदै गरेको रक्तदान कार्यक्रमलाई सकारात्मक ढंगले लिन सकिन्छ ।
यसअघि हिजो कमलविनायक भक्तपुरको लान्चा फल्चाबाट रगत संकलन गरिएको थियो । असार ६ गते आइतबार अर्थात भोलि सूर्यविनायक चोकबाट नगर प्रवेश गर्ने टुरिजम मार्केटमा रक्तदान कार्यक्रम हुँदैछ ।
कोभिडसँग लड्छौं, हामी सेवा दिन्छौं, नारा दिएर सेवा परमो धर्म अभियान सञ्चालित छ । सोही अभियान अन्तर्गत जेठ १७ देखि विशेष किसिमको क्वारेन्टिन सेन्टर सञ्चालित छ । जेठको तेस्रो हप्तादेखि अक्सिजन सिलिन्डर उपलब्ध गराउँदै आएको छ । अभियानले चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित कोभिड– १९ आइसोलेसन सेन्टरका लागि नेपाल इन्जिनियरिंग कलेज (नेक) सँग सहकार्य गरेको छ । कोभिड बिरामीको लागि चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । त्यसको लागि हटलाइन नं. ९८६१७५६४६१ सार्वजनिक गरिएको छ।
त्यस्तै, भर्चुअल प्रविधिमार्फत सचेतना तथा परामर्श कार्यक्रम सञ्चालन गरि चिकित्सकीय परामर्शको लागि बिहान ७ देखि ९ बजेसम्म सम्पर्क गर्न सकिने गरी ९७४२८८२९६२, ९७४२८८२९६३ र ९७४२८८२९६४ हटलाइन नम्बरहरू सार्वजनिक गरिएको छ । अभियान अन्तर्गत भक्तपुरबासीहरूको लागि सुरक्षित तबरले ‘डोर टु डोर हेल्थ सर्भिस’ समेत सञ्चालित छ ।
कोभिडविरुद्धको संयुक्त सेवा अभियानमा भक्तपुर जिल्ला प्याब्सन, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर डक्टर्स सोसाइटी, नेपाल नर्सिङ संघ, सीबीआर, भक्तपुर हार्ट एण्ड डायवेटिज सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ संघ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थाहरूले संस्थागत सहकार्य गरेका छन् ।