देशभर ५ हजार ७ सय ६८ जना कोरोना सङ्क्रमणमुक्त,थप ४ हजार ३ सय ४४ नयाँ सङ्क्रमित, ८१ जनाको मृत्यु ।
नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख १५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४ हजार ३ सय ४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १२ हजार ७४ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३ हजार ४ सय ४९ र ४ हजार ५ सय ६८ एन्टीजेन परीक्षण गर्दा ८ सय ९५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख १५ हजार ६ सय ५२ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर ५ हजार ७ सय ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ५ लाख १० हजार २ सय ९८ पुगेको छ । यो दर कुल सङ्क्रमितको ८५ दशमलव २ प्रतिशत रहेको छ । यस्तै गत २४ घन्टामा थप ८१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार १ सय ८१ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ८० हजार ३ सय ३६ रहेको छ । काठमाण्डौ उपत्यकामा मात्रै आज ९१५ जना थप संक्रमित भएका थिए । यसरी संक्रमित हुनेहरुमा काठमाण्डौ जिल्लाका ६७९ जना, भक्तपुर जिल्लाका ८५ जना, ललितपुर जिल्लाका १५१ जना गरी ९१५ जनामा संक्रमण पुष्टि भएका हुन ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...













