भक्तपुरका १ सय २७ जना सहित थप ५ हजार ७ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि ।
भक्तपुर जिल्लाका १ सय २७ जना सहित पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३ सय ९१ पीसीआर परीक्षणमा ५ हजार ६५७ जना र ५२ सय ५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५ हजार ७ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज उपत्यकामा झण्डै तीन हजार जनामा कोरोना भाइरस पुष्टि भएको छ । काठमाडौंमा दुई हजार ४ सय ४, ललितपुरमा ४ सय १९ र भक्तपुरमा १ सय ३३ गरी २ हजार ९ सय ५६ जनामा सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये ३८ हजार ८ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ३६ हजार १ सय ३५ जना होम आइसोलेसन र दुई हजार ६ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमितमध्ये ३ सय ३१ जना आईसीयूमा र १ सय १५ जना भेन्टिलेटरमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या तीन हजार २ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको संख्या ९ सय २८ रहेको छ ।
भक्तपुरमा शुक्रबार संक्रमित हुनेहरुमा सूर्यविनायक नगरपालिकाका २४ पुरुष र १४ महिला गरी ३८ जना, मध्यपुर थिमी नगरपालिकाका २७ पुरुष र २८ महिला गरी ५५ जना, भक्तपुर नगरपालिकाका ११ पुरुष र ११ महिला गरी २२ जना र चाँगुनारायण नगरपालिकाका ४ पुरुष र ३ महिला गरी ७ जना तथा सम्पर्क नखुलेका ४ पुरुष र १ महिला गरी ५ जना सहित १ सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख कृष्णबहादुर मिजारले जनाएको छ
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...













