भक्तपुर नगरका सहकारीहरु विहान ७-१०सम्म मात्र खोल्ने, कोरोना रोकथाममा जनचेतनामूलक गतिविधि गर्ने
भक्तपुर, २०७८ बैशाख १७ गते शुक्रबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको सभाकक्षमा भक्तपुर जिल्लास्थित सहकारीकर्मीहरुसँग आज बैठक बस्यो ।
बैठकमा बोल्नुहुँदै प्रमुख प्रजापतिले विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोभिड–१९ को दोस्रो लहर अहिले भक्तपुरमा पनि जनस्तरमा पैmलिने जोखिम बढिरहेको सन्दर्भमा भक्तपुर नगरपालिकाले २५ बेड एचडियूसहितको ७५ बेडको आइसोलेसन केन्द्र बैशाख १७ गतेबाट सञ्चालन रहेको बताउनुहुँदै भक्तपुर नगरपालिकास्तरी विपद् व्यवस्थापन केन्द्रबाट निर्णय भए बमोजिम भक्तपुर नगरपालिकाले कोभिड–१९ रोकथामको लागि नियमित माइकिड्ड, विभिन्न एफ.एम. लगायत सामाजिक सञ्जालबाट निरन्तर गरिरहेको जानकारी दिनुभयो ।

बैठकमा उपप्रमुख रजनी जोशी, आर्थिक समितिका संयोजक एवं भनपा–२ का वडाध्यक्ष हरिप्रसाद बासुकला, भनपा–९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, भनपा–७ का वडाध्यक्ष उकेश कवां, भनपा–८ का वडाध्यक्ष महेन्द्र खायमली, भनपा–५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, कार्यपालिका सदस्य सुनिता अवाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखा लगायत विभिन्न सहकारीका सहकारीकर्मीहरुले आ–आप्mनो राय सुझाव प्रस्तुत गर्नुभएको थियो ।
बैठकले प्राप्त राय सुझावका आधारमा निम्न बमोजिमको निर्णय गरेको थियो ।
निर्णय ः
१. विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोभिड–१९ को दोस्रो लहर अहिले भक्तपुरमा पनि जनस्तरमा पैmलिने जोखिम बढिरहेको सन्दर्भमा नगरपालिका क्षेत्रभित्र कृयाशील सबै सहकारी संस्थाहरुमार्पmत आ–आप्mना सदस्य तथा सर्वसाधारण जनताहरुमा रोग संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन जनचेतनामूलक गतिविधि गर्ने ।
२. नगरपालिका क्षेत्रभित्र सञ्चालित सबै सहकारी संस्थाहरुले दैनिक विहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म कार्यालय सञ्चालन गरी अत्यावश्यक सेवा मात्र प्रदान गर्ने ।
३. कोभिड संक्रमणको जोखिम न्यूनीकरणका लागि सहकारी संस्थाहरुमार्पmत विहे, ब्रतबन्ध, चाडपर्व, मेलालगायत सामाजिक साँस्कृतिक क्रियाकलापमा भीडभाड हुने गरी कार्य नगर्न तथा विहे ब्रतबन्धका लागि जिल्ला प्रशासन कार्यालयसँग स्वीकृति लिन अनुरोध गर्ने ।
४. सहकारी संस्थाहरुबाट हुने बैठक, भेला, तालिम तथा गोष्ठीहरु प्रत्यक्ष उपस्थितिमा नगरी विद्युतीय अनलाईनमार्पmत कार्य गर्ने ।














