आदर्श आजाद माविमा श्रीकृष्ण सर सेवा निबृत्त, चक्र सर प्रधानाध्यापकमा नियुक्त
भक्तपुर, पुस १९गते
आदर्श आजाद माविका प्रधानाध्यापक श्रीकृष्ण किसी उमेर हदका कारण सेवा निवृत हुनु भएको छ । उहाले ४० वर्षसम्म शिक्षण पेसा पूरा गर्दै ६० वर्षको उमेरमा आज सेवा निवृत हुनु भएको हो । शनिबार देखि सेवन निवृत हुने भएपछि विद्यालयमा आज आयोजित एक कार्यक्रम बीच प्रधानध्यापक श्रीकृष्ण किसीले विद्यालयको हाजिरिकापि र विद्यालय व्यवस्थापन समितिको निर्णय कापि सहायक प्रधानाध्यपक चक्रबहादुर चाकतुलाई हस्तान्तरण गर्दै निमित प्रधानाध्यापकको जिम्मेवारी सुन्पिनु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सेवा निबृत्त श्रीकृष्ण किसीलाई विदाई सम्मानका साथै स.प्र.चक्रबहादुर चाकतुलाई प्रधानाध्यापकको रुपमा स्वागत गर्नु भयो ।


साथै विद्यालयका शिक्षिक सुभद्रा दुवाल र शिक्षक राकेश सुकुपायोलाई सहायक प्रधानाध्यापकको रुपमा स्वागत गर्दै प्रमुख अतिथि जोशीले संगठित भएर एक साथ कदम चाल्यो भने सफलता पाउन सकिने धारणा राख्दै भक्तपुरलाई शैक्षिक गणतव्यको रुपमा विकास गर्न नेमकिपाले लिएको अदान र अग्रहजहरुको अर्थक प्रयासले यहाँसम्म पुगेको स्मरण गर्नु भया । उहाँले २१ औं शताब्दीको चुनौतिहरुलाई सामान गर्न सक्ने गरी नयाँ पुस्ता तयार गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघका अध्यक्ष ज्ञानसागर प्रजापतिले कमिकमजोरी र बाधा अड्चनहरु तथा चुनौतीहरुलाई चिर्न सके मात्रै सफलता पाउन सकिने धारणा राख्दै निरन्तर प्रयासले मात्रै सफलता पाउन सकिने उदाहरण प्रधानाध्यापक श्रीकृष्ण किसी सर रहनु भएको भन्दै उहाँँको योगदान बारे चर्चा गर्नु भयो । उहाँले व्यक्ति नभई सामुहिक भावना अंगाल्न आह्वान गर्नु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा ५का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेंको सभापतित्वमा भएको सो कार्यक्रममा बोल्नु हुन्दै निवृत्त प्रधानाध्यापक श्रीकृष्ण किसीले कमजोर भौतिक अवस्थालाई सुधार गर्दै विद्यालयको शैक्षिक स्तर उकास्न धेरै समय लागेको उल्लेख गर्दै आफूलेपनि ५ जना प्रधानाध्यापकहरुको अनुभव बटुलेर मात्रै विद्यालयको शैक्षिक स्नतोतितर्फ लागेको बताउनु भयो । विगतका अनुभवहरुलाई नयाँ शिक्षकहरुले पनि मनन गर्नुपर्ने उल्लेख गर्दै उहाँले विद्यालयकालागि आवश्यक भवनहरु करिव करिव निर्माण पूरा गर्न सकेको बताउनु भयो । आफूले सभ्य समाज निर्माण गर्न, भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र, शैक्षिक गणतव्यस्थल बनाउने उदेश्य अनुसार काम गरेको बताउँदै आफू सेवा निवृत्त भए पनि विद्यालयलाई आवश्यक सहयोग गर्ने बताउनु भयो । स्वातग मन्तव्य राख्नु हुँदै नवनियुक्त प्रधनाध्यापक चक्रबहादुर चाकतुले नयाँ पुस्तालाई नेतृत्वमा पुर्याउन
कानुनी व्यवस्था अनुसारको पद् हस्तान्तरण कार्यक्रमले सान्दर्भिक भएको चर्चा गर्दै सेवा निवृत्त भएर पनि श्रीकिृष्ण सरले अझ बढी शैक्षिक क्षेत्रको स्नोतिकालागि उल्लेख्य योगदान गर्नु हुने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा पूर्व प्रधानाध्यापक नाती कवां, नवनियुक्त स.प्रअ शुभद्रा दुवाल, राकेश सुकुपायो सहितका अतिथिहरुले पनि बोल्नु भएको थियो ।













