विस्का जात्राको शुभकामना

विस्का जात्राको शुभकामना

नमस्कार, म भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको तर्फबाट नयाँ बर्ष र विस्का जात्राको शुभकामना व्यक्त गर्न चाहन्छु ।
भक्तपुरको प्रसिद्ध विस्का जात्रा कसरी मर्यादित र शान्तिपूर्वक मनाउन सकिन्छ र के कस्ता कुरामा ध्यान दिँदा शान्तिपूर्वक जात्रा मनाउन सकिन्छ भने विषयमा
१) पहिलो कुरा त रथ तान्ने दिन त्यस क्षेत्रको वातावरण प्रहरीको तैनाथी र सबै पसल बन्द गरी फलामे पाटाहरु राखी पसल सुरक्षित गर्ने कार्य भएपछि सन्नता छाएको मानौ युद्ध मैदान जस्तो बनाई दिने जसले गर्दा जात्रा हेर्न आउने श्रद्धालुहरुको मानसिकता ढुङ्गामुढा हुन्छ कि ? अथवा इट्टा हानाहान हुन्छ कि भने धारणा उत्पन्न हुन्छ । त्यसैले त्यस्तो वातावरण हटाउन प्रहरी तैनाथी रथ तान्ने भन्दा धेरै पर नदेखिने गरी राख्ने र केहि भई हालेपछिमात्र डमकल एम्बुलेन्स जस्तै रेस्क्यु गर्ने गरी तयारी अवस्थामा राख्ने र सबै पसलहरु खोलेर सामान्य अवस्थाको वातावरण बनाउने ।
२) दोश्रो कुरा त्यहाँ व्यक्तिगत इसइबि फेर्ने थलोको रुपमा विकास गर्ने त्यसैले विस्का जात्रामा झैझगडा गर्नेहरुलाई जात्रामा भएको सामान्य घटनाको रुपमा लिई छोड्ने र कार्वाही नहुने कार्य र प्रहरिको चिनजानको भए सिसि फुटेजमा तिम्रो फोटो आएको जानकारी दिई भगाउने कार्यले पनि नरोकोको हुनाले यस तर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने हुन्छ ।
३) तेश्रो कुरा रथमा डोरी बराबर नहुने र चुडिराख्ने कारणले जानाजान पक्षपात भएको महशुस गर्ने र त्यसमाथि भोज खाएर अथवा जाँडरक्सिले मातेकार आएपछि त्यसले झगडाको स्थिति निम्तिने भएकोले जाँडरक्सि र वियरलाई नियन्त्रण गर्न लगाउनेमा ध्यान दिनु पर्छ ।
४) चौथो कुरा ढुङ्गा हानहान गर्नेमा चार तहको मान्छे हुने गर्दछ पहिलो ढुङ्गामात्र हान्ने, दोश्रो ढुङ्गा उप्काउने ओसारेर दिने, तेश्रो ढुङ्गा हान्ने र निकाल्नेलाई उत्साहित गर्नेहरु र चौथोमा त्यो रमिता हेर्ने हुल यदि यसमा रमिता हेर्ने हुल नभए, उत्साहित गर्नेहरु नभए, निकाल्ने नभए हान्ने पनि हुने छैन् ।
५) पाँचौ कुरा कुनै घरमा थोकेर रथले छुएर जबरजस्ती रथ तानेपछि घर भत्कीने र विग्रन सक्ने भएकोले घर धनीले नै ढुङ्गामुढा गरेर रथ रोक्ने कार्य गर्ने पनि देखिन्छ त्यसैल जबरजस्तै तान्नुको सट्टा खलाँ जुकबेगु गरेर यसलाई रोक्न सकिनेछ ।
६) छैटौं कुरा हामीले विस्का जात्रालाई अतिरञ्जित गरी शान्तिपूर्ण मनाऔं भनेर जुन विज्ञापन गर्यो त्यसले यो जात्रा त झगडा हुने जात्रा रहेछ भने मानसिकतामा परेको छ । यसले नकारात्मक सन्देश बढी हावि भयो । सकारात्मक सन्देशहरुमात्र प्रचार गरे यसमा केहि कमि आउँछ कि ।