भक्तपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमण रोकथाम तथा न्युनीकरणको लागि नेपाल सरकारले देशव्यापी लकडाउन घोषणा गरेको समयावधिमा अनावश्यक कार्यमा घरबाट बाहिर ननिस्कन भक्तपुर नपाले सबैलाई अनुरोध गरिरहेको छ ।
मन्दिर, मस्जिद, चर्च, बहाबहीलगायत धार्मिक स्थलहरूम पूजा प्रार्थना गर्ने वा मर्निङ वाक, योग र शारीरिक व्यायामको नाउँमा असुरक्षित रुपमा घरबाट बाहिर आउने, तरकारी वा खाद्यान्न किनमेलको नाममा भीडभाड गर्ने कार्यलाई निरुत्साहित गर्ने कार्यम जनप्रतिनिधि, कर्मचारी र स्थानीय अगुवाहरू समेत परिचालित भइरहेको नगरपालिका स्रोतले बताएको छ । नगर कार्यपालिकाको सोमबार बसेको बैठकको निर्णयअनुसार नगरका सबै वडामा वडाध्यक्ष वा निजले तोकेको जनप्रतिनिधिको अध्यक्षतामा समन्वय समिति गठन भइसकेको र सोही समितिको अगुवाइमा स्थानीय जनतालाई कोरोना भाइरस रोगबाट जोगिने उपायबारे घरघरमै जानकारी दिने कार्य भइरहेको बताइएको छ ।
यसै क्रममा नगरपालिकाले मंगलबारदेखि वडा कार्यालयमार्फत अत्यावश्यक अवस्थामा मात्रै एक घरबाट एकजना मात्र घर बाहिर निस्कन अनुमति पत्र वितरण थालेको नगर प्रमुख सुनिल प्रजापतिले बताउनुभयो । समय परिस्थिति सामान्य नभएको अवस्थामा बजार, मन्दिर, पाटी वा सार्वजनिक स्थलमा मानिसको भीड जम्मा नगराउने उद्देश्यले अनुमति पत्र वितरण गरिएको उहाँको भनाइ दियो । अत्यावश्यक अवस्थामा घर बाहिर निस्कँदा अनिवार्य रुपमा अनुमति देखाउनुपर्ने र एक घरबाट एकपटकमा एकजना मात्र बाहिर निस्कन पाइने अन्यथा प्रहरी प्रशासनबाट कडा कारबाही गरिने उहाँले जानकारी दिनुभयो ।
अनुमति पत्रको दुरुपयोग नगर्न सम्पूर्ण जनतामा आग्रह गर्दै प्रमुख प्रजापतिले अनुमति पत्र बोकी अनावश्यक रुपमा बाहिर निस्केमा समेत कारबाही गरिने प्रष्ट पार्नुभयो । उहाँले नगरबासीहरूको सहजताको लागि मात्र अनुमति पत्र वितरण गरिएको उल्लेख गर्नुभयो ।
नगरका प्रायः वडाहरूमा वडा समन्वय समिति र स्वास्थ्य स्वयम्सेविकाहरू परिचालन गरी अनुमति पत्र वितरण गर्न सुरु गरिएको वडाध्यक्ष रबिन्द्र ज्याख्वले बताउनुभयो ।
साथीहरूले घरघरमै गएर अनुमति पत्र विरतण गरिरहुनभएको छ र यस क्रममा रोगको संक्रमण र बच्ने उपायबारे घरधनीहरूलाई सचेतना दिइरहनु भएको छ, उहाँले भन्नुभयो । मंगलबार वितरण गर्न नसकिएका केही स्थान र वडामा बुधबार वितरण गरिने उहाँले जानकारी दिनुभयो ।
प्रहरी प्रशासनसँगको समन्वयमा अनुमति पत्र वितरण भइरहेको हुँदा बुधबारदेखि अनुमति पत्र नलिई बाहिर निस्कनेलाई प्रहरीले कारबाही गरिने उल्लेख गर्दै वडाध्यक्ष ज्याख्वले अनावश्यक रुपमा घर बाहिर नआउन र भीड जम्मा नहुन सबैमा अनुरोध गर्नुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













