सहकारी संस्थाका प्रतिनिधिहरुबीच छलफल
२०७७ कार्तिक २७ गते, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा कोभिड १९ रोग संक्रमणबीच सहकारी संस्थाहरुको वार्षिक साधारणसभा सञ्चालनबारे सहकारी समाज भक्तपुरका प्रतिनिधिहरुबीच बिहीबार छलफल कार्यक्रम सम्पन्न भयो ।
छलफलमा नगर प्रमुख प्रजापतिले कोभिड नियन्त्रण तथा रोकथामको विषयमा भक्तपुर नगरपालिकाले गरिरहेको गतिविधि र आइसोलेसन केन्द्रबाट भइरहेको सेवा प्रवाहबारे अवगत गराउनुभयो ।
कोरोना नियन्त्रणको लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा भक्तपुरका सहकारी संस्था तथा विभिन्न संघ संस्थाहरुले आर्थिक तथा भौतिक सहयोग गरिरहेको बताउनुहुँदै उहाँले भक्तपुर अस्पतालमा आजबाट निःशुल्क पीसीआर परीक्षण सेवा सुरु भइसकको र उक्त अस्पताललाई सुविधासम्पन्न अस्पताल बनाउन सम्बन्धित निकायहरुमा आवश्यक पहल गरिरहेको बताउनुभयो । तिहारको समयमा संक्रमणको जोखिमलाई ध्यान दिंदै सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई भीडभाड हुने कार्यमा संलग्न नहुन र सुरक्षाका मापदण्ड अपनाई सुरक्षित ढंगले चाडपर्व मनाउन आग्रह सहित जनचेतना अभिवृद्धि हुने सन्देश प्रवाहको लागि सहकारीकर्मीमाझ आग्रह गर्नुभयो ।
सहकारी समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुरका सहकारी संघ संस्थाले कोरोना नियन्त्रणको लागि निरन्तर आर्थिक र भौतिक सहयोग गर्दै नगरपालिकाको कामहरुमा साथ र सहयोग गर्दै आइरहेको छ भन्नुभयो ।
छलफल कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुले विश्वभर फैलिएको कोभिड १९ को संक्रमणको चुनौतीलाई ध्यानमा राखेर सहकारी संस्थाहरुको वार्षिक साधारणसभा फेसबुक लाइभ वा टिभीबाट प्रत्यक्ष प्रसारण गरी अनलाइन (जुम) मार्फत गर्नु उपयुक्त हुने, सहकारी विभागको मापदण्ड अवलम्बन गरी साधारणसभा सञ्चालन गर्नुपर्ने, नियामक निकायको स्वीकृति लिएर पुस मसान्तभित्र साधारण सभा गर्नुपर्ने, निषेधाज्ञा खुकुलो भए पनि कोरोना संक्रमितहरु बढ्दै गइरहेको वर्तमान अवस्थामा अनलाइन माध्यमबाट सभा सञ्चालन गर्नु उपयुक्त हुनेलगायतका सुझावहरु प्रस्तुत गर्नुभयो ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...












