
भक्तपुर, कार्तिक २९ गते
यस वर्षको २२ औं विविध भाषा साहित्य सम्मेलन अनलाईनबाट हुने भएको छ । विश्वब्यापीरुपमा फैलि रहेको कोरोना भाइरसको जोखिमका कारण अनलाईनबाट गर्ने भएको विविध भाषा साहित्य सम्मेलनका अध्यक्ष सूर्यराम श्रेष्ठले जनाएको छ । मध्यपुर थिमीका विभिन्न क्षेत्रमा प्रस्तुत हुँदै आएको विविध भाषा साहित्य सम्मेलन यस पालि अनलाइनबाट आयोजना गर्ने तयारी भइरहेको अध्यक्ष श्रेष्ठले बताउनु भयोे ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको प्रमुख आतिथ्यतामा हुने यस पालिको २२ औं विविध भाषा साहित्य सम्मेलनमा विभिन्न क्षेत्रका विषयविज्ञ, शिक्षा, स्वास्थ्य, वातावरणविज्ञ, कला संस्कृतिकर्मीहरु एवं कवि साहित्यकारहरुको गहकिलो मम्तव्य तथा साहित्य वाचन हुने उहाँले बताउनु भयोे । हरेक वर्ष नेपाल सम्बतको नयाँ वर्षको पहिलो दिन एवं म्ह पुजा, गोर्वधन पूजाको दिनमा आयोजना हुँदै आएको विविध भाषा साहित्य सम्मेलन कोरोना भाइरस संक्रमणको जोखिमका कारण आनलाईबाट गर्ने भएको हो ।
विविध भाषा साहित्य सम्मेलन आयोजना गर्नु पूर्व न्हु दँ र्याली तथा साँस्कृतिक कार्यक्रमहरु पनि आयोजना नगरी अतिथिहरुको मन्तव्य र विभिन्न भाषा भाषिहरुको साहित्य वाचनबाट २२ औं विविध भाषा साहित्य सम्मेलन हुने भएको हो । सम्मेलन आईतबार दिउँसो १ बजेबाट प्रस्तुत हुने उहाँले जनाएको छ । यसपालिको २२ औं विविध भाषा साहित्य सम्मेलन जुम, फेस बुक लगायत विभिन्न सामाजिक सञ्जाल र रेडियो जनसञ्चार १०७।९ मेगाहर्जबाट पनि प्रत्यक्ष प्रसारण हुने छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...












