देशभर कोरोना संक्रमित १ लाख ५३ हजार नाघ्यो, १ लाख ५,४८८ मुक्त
काठमाण्डौ, कार्तिक ७ गते
देशभर कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार नाघेको छ । आज थप ४ हजार ४९९ जना संक्रमित भएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको हो । पछिल्लो २४ घण्टा भित्र १६ हजार ८६४ जनाको आरटी पीसीआर परीक्षण गर्दा थप ४ हजार ४९९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । ।
पछिल्लो २४ घण्टामा २ हजार ६८८ संक्रमित कोरोना निको भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ जना छन् । पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको निधन भएसँगै अहिलेसम्म कोरोना संक्रमित ८२९ जना निधन भइसकेका छन् । आज थपिएका ४४९९ जना मध्ये काठमाण्डौ उपत्यकाका २ हजार ७२० जना संक्रमित भएका हुन । काठमाण्डौ जिल्लाका २३५७ जना, ललितपुरका २२६जना र भक्तपुरका १२७ जना सहित २७२० संक्रमित थपिएका हुन । उपत्यकाका १ हाजर ९२ महिला र १ हजार ६२८ पुरुष थप संक्रमित भएका हुन ।
काठमाण्डौ जिल्लामा मात्रै अहिलेसम्म ५४,२४५ कोरोना संक्रमित भइसकेका छन् । त्यसमध्ये २०हजार १९६ जना सक्रिय संक्रमित छन् भने ३३,८६३ कोरोना निको भइसकेका छन् भने १८६ जना संक्रमितको मृत्यु समेत भइसकेका छ । भक्तपुरमा भने अहिलेसम्म ५ हजार ४८ जना संक्रमित भएका मध्ये १,३६५ जना सक्रिय संक्रमित रहेका छन् भने ३,६२९ जना कोरोना संक्रमित निको भइसकेका छन् । यहाँ कोरोनाका कारण ५४ जनाको निधन भइसकेको छ । यसै गरी ललितपुरमा अहिलेसम्म ७,५६० संक्रमित भएका मध्ये ४,९३३ निको भएका छन् । अहिले २,५७४ सक्रिय संक्रमित छन भने ५३ जनाको निघन भएको छ ।
अहिले उपत्यकामा २४ हजार १३५ जना सक्रिय कोरोेना संक्रमित रहेका छन भने ४२ हाजर ४२५ संक्रमित कोरोना निको भइ सकेका छन् । कोरोना संक्रमणका कारण उपत्यकाका २९३ जनाको मुत्यु भइ सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिले देशभर ३१ हजार ७२७ जना होम आइसोलेसनमा छन् भने २९० आइसियू र ६९ जना भेन्टिलेटरमा रहेका छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














