कोरोना संक्रमित र निको हुने दर अहिलेसम्मकै उच्च
काठमाण्डौं, असोज १६ गते
कोरोना संक्रमित र निको हुने दरमा अहिलेसम्मकै उच्च रहेको छ।
देशभर एक्कै दिनमा आज अहिलेसम्मकै बढी कोरोना संक्रमण फैलिएको छ भने संक्रमितहरु निको हुनेको संख्यामा पनि बृद्धि भएको छ । शुक्रबार एकै दिन २ हजार ७ सय २२ जना थप कोरोना संक्रमित भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार एक्कै दिन २,७२२ जना संक्रिमत भएसँगै कुल संक्रमितको संख्या ८२,४५० पुगेको छ । उपचारमा रहेका संक्रमितहरु मध्ये शुक्रबार अहिलेसम्मकै बढी कोरोना मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयकाका अनुसार शुक्रबार एक्कै दिन ३ हजार ३ सय ७ जना कोरोनाबाट निको भएको बताएको छ। योसँगै कोरोना निको हुनेको संख्या ६० हजार ६ सय ९६ जना पुगेको छ । कोरोना संक्रमणबाट बिगत २४ घण्टामा थप ११ जनाको मुत्यु भएसँगै मुत्यु हुनेको संख्या ५ सय २० पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ रहेका छन् भने ४ हजार ८ सय ८५ जना क्वारेन्टिनमा छन् ।
भक्तपुर जिल्लामा पनि अहिलेसम्मकै बढी कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका डा.गौतमले जनाएको छ । भक्तपुर जिल्लामा एक्कै दिन १९६ जना संक्रमित पुष्टि भएका हुन भने काठमाण्डौ उपत्यकामा थप १ हजार ६ सय ३८ जना संक्रमित भएका हुन । काठमाण्डौ जिल्लाका १हजार २८०, ललितपुरका १६२ र भक्तपुरका १ सय९६ जना संक्रमित भएका हुन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













