सांसद सुवाल कोरोना मुक्त
भक्तपुर, भाद्र २९ गते
भक्तपुरका सांसद प्रेम सुवाल १० दिन पछि कोरोना मुक्त भएका छन् । गत भाद्र २० गते गरेको पीसीआर परीक्षणमा पोजेटिभ आएपछि होम आइसोलेसनमा रहनु भएका सांसदको पुनः कोरोना परीक्षण गराउँदा सोमबार कोरोना मुक्त भएको हो । सांसद सुवालले राष्ट्यि जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गराउनु भएको थियो । गत भाद्र १५ गते जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिह भक्तपुरबाट परीक्षण गराएको कोरोना परीक्षण भाद्र २० गते मात्रै पोजेटिभ भएको रिर्पोट आएको थियो भने फेरी कोरोना परीक्षण गराउँदा कोरोना नेगेटिभ रिर्पोट आएको छ ।













