२१ जना स्वास्थ्यकर्मी संक्रमित भएपछि सिद्धिस्मृति अस्पताल सिल, एमर्जेन्सी सेवा सुरु गर्ने तयारी हुँदै
भक्तपुर, भाद्र ३० गते
२१ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ भएपछि सिद्धिस्मृति महिला तथा बाल अस्पताल सिल गरिएको छ । महिला तथा बालबालिका विशेष अस्पतालको रुपमा रहेको सो अस्पताल पूर्णरुपले बन्दा रहँदा समुदायमा पार्ने प्रभावलाई ख्याल गर्दै एमर्जेन्सी सेवा सुचारु गर्ने तयारी थालेको अस्पतालका अध्यक्ष श्यामसुन्दर द्यौभडेलले बताउनु भएको छ । सो अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरु नै कोरोना संक्रमित भएपछि सिद्धिस्मृति प्रतिष्ठानले अस्पतालका सबै सेवाहरु सोमबार देखि बन्द राख्ने आईतबार निर्णय गरेको थियो । यो भन्दा पहिले अस्पतालका स्वास्थ्यकर्मीहरुको नियमित स्वास्थ्य परीक्षणको क्रममा ९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए पनि अस्पतालको सेवा सुचारु राखेको थियो भने आईतबार एक्कै दिन सो अस्पतालका २१ जनामा कोरोना पोजेटिभ आएपछि सोमबार विहान देखि अस्पतालका सबै सेवा बन्द गरेको हो । अस्पताल पूर्णरुपले बन्द रहँदा विरामीलाई पर्ने प्रभावलाई ध्यानमा राखि सिद्धिस्मृति प्रतिष्ठानले अस्पतालको एमर्जेन्सी सेवा भए पनि सुचारु गर्न तयारी थालेको प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर द्यौभडेलले बताउनु भयो ।
अस्पतालका स्वास्थ्यकर्मीहरुको नियमित कोरोना परीक्षणकोक्रममा एक्कै पटक आइतबार २१ जनामा संक्रमित देखिएको भए पनि संक्रमितहरु कसैमा पनि कोरोना संक्रमणको लक्षण नदेखिएकाले पुनः उहाँहरुको कोरोना परीक्षण कार्य भइरेको र सोको रिर्पोट आएपछि अस्पताल सञ्चालन सम्बन्धि थप निर्णय लिने अध्यक्ष द्यौभडेलले जनसञ्चार खवरलाई बताउनु भयो ।
हाल संक्रमित स्वास्थ्यकर्मीहरु मध्ये १८ जना खरिपाटीस्थित सरकारी आइसोलेसनमा र ३ जना होम आइसोलेसनमा रहेका छन् । अस्पतालमा भर्ना भएर उपचारत विरामीको भने नियमित उपचार भइरहेको पनि उहाँले बताउनु भयो ।
गत बिहिबार ३९ स्वास्थ्यकर्मी कर्मचारीकोे धुलिखेल अस्पतालको प्रदेश कोरोना परीक्षण प्रयोगशालामा कोरोना परिक्षण गराउनेक्रममा २१ जनामा आईतबार एक्कै पटक पोजेटिभ आएको थियो । सो अस्पतालमा १८५ जनता स्वास्थ्यकर्र्मी, कर्मचारी कार्यरत छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
2026-10-27 Comments Off on मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक काठमाडौं १०, असोज । नेपाली माटोको सुवास, गाउँघरको आत्मीयता र मौलिक संस्कृतिको रङ...
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
2026-10-27 Comments Off on भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न भक्तपुर, कार्तिक ७। विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको उपलक्ष्यमा आयोजित...
खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह पर्दाफास, १८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै प्रहरीद्वारा उजुरी दिन आह्वान
2026-10-27 Comments Off on खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह पर्दाफास, १८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै प्रहरीद्वारा उजुरी दिन आह्वान
खल्तीको कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह पर्दाफास, १८ वटा मोबाइल नम्बर सार्वजनिक गर्दै प्रहरीद्वारा उजुरी दिन आह्वान भक्तपुर, १०...
नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न सुनपाको निर्देशन
2026-10-26 Comments Off on नंखेल जग्गा विवादः अनधिकृत निर्माण कार्य रोक्न सुनपाको निर्देशन
नंखेल जग्गा विवादः अनाधिकृत निर्माण कार्य रोक्न सुनपाको निर्देशन भक्तपुर / सूर्यविनायक नगरपालिकाले वडा नं. ९ स्थित कित्ता नं. १३०२...
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
2026-10-26 Comments Off on चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामद
चाँगुनारायणमा जुवातास खेलिरहेका १४ जना पक्राउ, २ लाख ९० हजार नगद बरामदभक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिकाबाट जुवातास...














