२१ जना स्वास्थ्यकर्मी संक्रमित भएपछि सिद्धिस्मृति अस्पताल सिल, एमर्जेन्सी सेवा सुरु गर्ने तयारी हुँदै
भक्तपुर, भाद्र ३० गते
२१ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ भएपछि सिद्धिस्मृति महिला तथा बाल अस्पताल सिल गरिएको छ । महिला तथा बालबालिका विशेष अस्पतालको रुपमा रहेको सो अस्पताल पूर्णरुपले बन्दा रहँदा समुदायमा पार्ने प्रभावलाई ख्याल गर्दै एमर्जेन्सी सेवा सुचारु गर्ने तयारी थालेको अस्पतालका अध्यक्ष श्यामसुन्दर द्यौभडेलले बताउनु भएको छ । सो अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरु नै कोरोना संक्रमित भएपछि सिद्धिस्मृति प्रतिष्ठानले अस्पतालका सबै सेवाहरु सोमबार देखि बन्द राख्ने आईतबार निर्णय गरेको थियो । यो भन्दा पहिले अस्पतालका स्वास्थ्यकर्मीहरुको नियमित स्वास्थ्य परीक्षणको क्रममा ९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए पनि अस्पतालको सेवा सुचारु राखेको थियो भने आईतबार एक्कै दिन सो अस्पतालका २१ जनामा कोरोना पोजेटिभ आएपछि सोमबार विहान देखि अस्पतालका सबै सेवा बन्द गरेको हो । अस्पताल पूर्णरुपले बन्द रहँदा विरामीलाई पर्ने प्रभावलाई ध्यानमा राखि सिद्धिस्मृति प्रतिष्ठानले अस्पतालको एमर्जेन्सी सेवा भए पनि सुचारु गर्न तयारी थालेको प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर द्यौभडेलले बताउनु भयो ।
अस्पतालका स्वास्थ्यकर्मीहरुको नियमित कोरोना परीक्षणकोक्रममा एक्कै पटक आइतबार २१ जनामा संक्रमित देखिएको भए पनि संक्रमितहरु कसैमा पनि कोरोना संक्रमणको लक्षण नदेखिएकाले पुनः उहाँहरुको कोरोना परीक्षण कार्य भइरेको र सोको रिर्पोट आएपछि अस्पताल सञ्चालन सम्बन्धि थप निर्णय लिने अध्यक्ष द्यौभडेलले जनसञ्चार खवरलाई बताउनु भयो ।
हाल संक्रमित स्वास्थ्यकर्मीहरु मध्ये १८ जना खरिपाटीस्थित सरकारी आइसोलेसनमा र ३ जना होम आइसोलेसनमा रहेका छन् । अस्पतालमा भर्ना भएर उपचारत विरामीको भने नियमित उपचार भइरहेको पनि उहाँले बताउनु भयो ।
गत बिहिबार ३९ स्वास्थ्यकर्मी कर्मचारीकोे धुलिखेल अस्पतालको प्रदेश कोरोना परीक्षण प्रयोगशालामा कोरोना परिक्षण गराउनेक्रममा २१ जनामा आईतबार एक्कै पटक पोजेटिभ आएको थियो । सो अस्पतालमा १८५ जनता स्वास्थ्यकर्र्मी, कर्मचारी कार्यरत छन् ।
Featured Posts – Style 1
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...
आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरित
2026-04-15 Comments Off on आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरित
आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरितभक्तपुर, २ बैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई...
सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिक
2026-04-12 Comments Off on सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिक
सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिकभक्तपुर, चैत्र २९ गतेभक्तपुर नगरपालिकाले सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो सृंखला आज सार्वजनिक गरेको...
अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कार
2026-04-12 Comments Off on अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कार
अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कारभक्तपुर, चैत्र २९ गतेअपांगता समबन्धी रिपोटिङ्ग गर्दाका अनुभव र चुनौतीहरुका सवालहरुमा आज...













