कोरना संक्रमण देखिएको कमलविनायक आवास क्षेत्र सिलमा !
भक्तपुर, भाद्र ४ गते
भक्तपुर नगरपालिका वडा नम्वर १०मा थप एक जनामा कोरना संक्रमण पुष्टि भएपछि सो क्षेत्रमा सिल गरेको छ । कमलविनायक आवास क्षेत्रमा डेरा गरी बस्ने ती व्यक्ति गोगंबुस्थित सनराइज बैंकका कर्मचारी रहेको खुलेको छ ।भनपा १० स्थित कमलविनायक आवास क्षेत्रको नव निर्मित बाल उद्यानको उत्तर पुर्ब कोरोना संक्रमित देखिए पछी सिल गरेको हो | भक्तपुर जिल्लामा बुधबार ८ जना कोरना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको थियो त्यस मध्ये कमलविानयक आवास क्षेत्रमा रेहका ति व्यक्तिमा संक्रमण पुष्टि भएपछि सो क्षेत्रमा सिल गरेको छ । योसँगै भनपा १०मा कोरना संक्रमित रहेका २ जना पुगेको छ । यसै वडाको वेखालस्थित कोटेश्वरका एक बैंकमा काम गर्ने व्यक्तिमा पनि कोरोना संक्रमण भएपछि नागपोखरीस्थित बेखालमा पनि सिल गरेको छ । बुधबार भक्तपुर सूर्यविनायक बस्ने वर्ष ६१ कि कोरना संक्रमित एक महिला पाटन अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको थियो । हाल जिल्ला भर संक्रमितको संख्या १८४ पुगेको छ । संक्रमितहरु मध्ये ६९ जना निको भएका छन् भने १ जनाको मृत्यु समेत भइरहेको छ ।














