भक्तपुरमा ८ जना सहित आज ६८१ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु
काठमाडौं, ३ भदौ । काठमाडौं उपत्यकामा बुधबार १५९ जनामा कोरोना संक्रमण पुष्टि भएक छन । संक्रमितहरु मध्ये काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने देशभर कोरोना भाइरसका ६८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ हजार ५५२ पीसीआर परीक्षण गर्दा देशभर नयाँ ६८१ जनामा कोरोना सङ्क्रमण फैलिएको बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले नेपालमा सक्रिय सङ्क्रमितहरू ११ हजार ११८ रहेको उल्लेख गर्दै कुल संक्रमितको सङ्ख्या २८ हजार ९३८ पुगेको बताउनु भयो । बुधबारको दिनमा कोरोना निको भएकाहरु १२० जना रहेका छन् | याेसँगै हालसम्म १७ हजार सातसय जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । तिनीहरु निको भए पछी आआफ्नो घर फर्केका छन्। संस्थागत आइसालेसनमा ७ हजार ९८७ र होम आइसालेसनमा ३ हजार १३१ रहेका छन् । क्वारेन्टिनमा १३ हजार ५७१ रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ। यसरी मृत्यु हुनेमा काठमाडौं र बर्दियाका एक\एक पुरुष र भक्तपुर, मोरङ, चितवन र सुनसरीमा एक \एक महिलाको मृत्यु भएको छ। यो मृत्युसंगै कोरोनाबाट देशभर मृत्यु हुनेको संख्या १२० पुगेको छ।














