भ्रष्टाचार मानवता विरुद्धको गम्भीर अपराध, टीआई नेपालको आज २५ औं स्थापना दिवस

भ्रष्टाचार मानवता विरुद्धको गम्भीर अपराध

टीआई नेपालको आज २५ औं स्थापना दिवस

काठमाडौं, भाद्र ३ गते

भ्रष्टाचार विरोधी नियमनकारी निकाय ट्रान्सपरेनसी ईनटरनेशन नेपाल(टीआई नेपाल) आजले २५ औं स्थापना दिवस मनाएको छ । स्थापनाको अवसरमा टीआई नेपालका अध्यक्ष खेमराज रेग्मी र महासचिव मुकुन्दबहादुर प्रधानले संयुक्त रुपमा शुभकामना सन्देश प्रस्तुत गर्दै टिआई नेपाल २५ औं स्थापना दिवस मनाएको जनाएको हो । भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिमा राष्ट्रिय पहिचान बनाउन सफल टिआई नेपालले मुलुकमा भइरहेको आर्थिक तथा प्रशासनिक अनियमितता र बिसंगतिका विरुद्ध संगठित आवाज उठाई सरकार र सम्बन्धित निकायहरुको गम्भीर ध्यानाकर्षण गराउँदै आएको जनाएको छ । भ्रष्टाचार विरोधी अभियानलाई आगामी दिनमा अझ सशक्त रुपमा अगाडि बढाउदै लाने रणनीति लिएको उल्लेख गर्दै  सो सन्देशमा सरकार प्रमुखको दृढ इच्छाशक्ति र संकल्पविना भ्रष्टाचार नियान्त्रण प्रायः असम्भव हुने उल्लेख गर्दै राजनीतिक इच्छाशक्तिको अभावमा भ्रष्टाचार नियमनकारी निकायहरुको सक्रियता औपचारिकतामा सिमित रहेको जनाएको छ ।


भ्रष्टाचार  मानवता विरुद्धको गम्भीर अपराध भएको उल्लेख गर्दै टीआई नेपालले सबैको सामूहिक प्रयास र सहयोगमा मात्र यसको नियन्त्रण सम्भव हुने बताएको छ । भ्रष्टाचार विरोधी अभियानमा संलग्न हुन सबै वर्ग र तह तप्काहाका मानिसहरुलाई टिआई नेपालले आह्वान गरेको छ ।