आडिटी पोजेटिभ आएकी सुत्केरीको पिसिआर रिर्पोट नेगेटिभ, भक्तपुर अस्पतालको सेवा सुचारु

भक्तपुर, जेष्ठ २७ गते

आडिटी पोजेटिभ भएकी मृतक सुत्केरी महिलाको पिसिआर रिर्पोट नेगेटिभ आएपछि आज सब परिवारलाई बुझाएको छ भने अवरुद्ध भक्तपुर अस्पतालको सेवा सुचारु गरेको छ । आइतबार साँझ ६ः१५ मा बच्चा जन्माएकी ३६ वर्षिय सुत्केरी महिलाको सोही दिन राती ९ः३० बजे मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । अस्पताल ल्याउँदा खोकी, श्वासप्रश्वासमा समस्या र छाटीमा खराबी देखिएकी ती मृतकको आडिटी परीक्षण पोजेटिभ आएपछि आइतवार नैे राष्ट्यि जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षणका लागि स्वाब पठाएको थियो भने आज आएको रिर्पोटमा नेगेटिभ अथवा कोरना संक्रमण नदेखिएको पाएपछि मृतक सुत्केरीको सब परिवारलाई बुझाएको अस्पतालले जनाएको छ । सामान्यरुपमा सुत्केरी गराएपछि श्वास प्रश्वासमा समस्या भई मृत्यु भएकी सुत्केरी सिन्धुपालचोक घर भई हाल चाँगुनारायण नगरपालिका वडा नं ३ बस्ने ३६ वर्षकी सन्तमाया लामा रहेको अस्पतालले जनाएको छ । सुत्केरी गराउन प्रत्येक्ष संलग्न रहेका स्वास्थ्यकर्मी, चिकित्सकहरु भने हाल खरिपातीस्थित आशोलनेशनमा राखिएको अस्पतालले जनाएको छ भने अस्पताललाई निर्मलीकरण गरी सेवा सुचारु गरेको विज्ञप्ति मार्फत अस्पतालले जनाएको छ ।