भक्तपुरका ३० जना सहित देशभर १०६९ संक्रमित, थप११ जनाको मृत्यु
भक्तपुर, भाद्र१६ गते
काठमाण्डौ उपत्यकामा ४८१ जना थप कोरोना संक्रमित हुँदा देशभर मंगलबार १ हजार ६९ जना संक्रमित भएका छन् । उपत्यकामा संक्रमितहरु मध्ये काठमाण्डौका ३९३, ललितपुरका ५८ र भक्तपुरका ३० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण उपत्यकाका ४८१ जना सहित देशभरका १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या४० हजार ५२९ पुगेको छ भने २२ हजार १७८ जना निको भइसकेका छन् । मंगलबार मात्रै ७६८ जना कोरोना मुक्त भएका छन् । अहिले सक्रिय संक्रमित १८ हजार ११२ रहेका छन् । संस्थागत आइसोलेशनमा १० हजार ८३२ जना र हामे आइसोलेसनमा ७ हजार २८० रहेका छन् । विदेशबाट फर्केका ८ हजार ३९० जना विभिन्न क्वारेन्टिनमा रहेका छन् । संक्रमण निको हुने दर ५५ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएको छ ।
कोरोना संक्रमणबाट गत २४ घण्टा भित्र थप ११ जनाको मृत्यु भएको पनि प्रवक्ता डा. गौतमले जनाएको छ । मंगलबार ४ वर्षीया बालिका सहित ११ जना कोरोना संक्रमितको मृत्यु भएको बताएको हो । मृत्यु हुनेहरुमा काठमाण्डौका ३४ र ६० , मकवानपुरका ५८, चितवनका ५२, सिराहाका ६५, पर्साका ५३,८० र ६०, बाराका ६०, महोत्तरीका ३७ वर्षीय पुरुषहरु र ४ वर्षीया बालिका समेत रहेका थिए । यो सँगै कुल मुत्यु हुनेको संख्या २३९ पुगेको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













