नगर प्रमुख प्रजापतिद्वारा ङातापोल मन्दिर जीर्णोद्धार कार्यको निरीक्षण

नगर प्रमुख प्रजापतिद्वारा ङातापोल मन्दिर जीर्णोद्धार कार्यको निरीक्षण

२०७७ असार १५ गते, सोमबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार ङातापोल मन्दिर जीर्णोद्धार कार्यमा स्थानीय जनताबाट भएको जनश्रमदान स्थलगत निरीक्षण गर्नुभयो । भक्तपुरको प्रसिद्ध ऐतिहासिक ङातापोल मन्दिरमा सोमबार ३ सय भन्दा बढीले जनश्रमदान गरेका छन् ।
ङातापोल मन्दिर जीर्णोद्धार कार्य अन्तिम चरणमा पुगेकोले जनश्रमदान गर्न आउनेको भीड बढेकोे मन्दिर उपभोक्ता समितिका अध्यक्ष केशव तमखूले बताउनुभयो । नेपालकै अग्लो र संसारमै परिचित मन्दिरको जीर्णोद्धारमा आफ्नो सहभागी हुने हुँदा सबैजना उत्साहित देखिन्थे । जनश्रमदानमा अधिकांश महिला दिदीबहिनीहरुको सहभागिता रहेको छ ।
भक्तपुर नगरपालिकाको ६५ लाख १३ हजारको लागत इष्टमेटमा ङातापोल मन्दिरको जीर्णोद्धार कार्य सुरु गरिएको थियो । मन्दिरको जीर्णोद्धार यसै आर्थिक वर्षमा सम्पन्न गर्ने योजना भक्तपुर नगरपालिकाको रहेको छ ।