नेपाली काँग्रेस झौखेलद्धारा अशक्त, अपांगता तथा ज्येष्ठ नागरीकहरुलाई खाद्यान्न तथा आर्थिक सहयोग

१४ बैशाख २०७७
भक्तपुर,

नेपाली काँग्रेस चाँगुनारायण नगरपालिका ३ नं वडा कार्यसमितिद्धारा विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्येनजर गर्दै गरीएकोे बन्दाबन्दीको कारण दैनिक जीवनयापनमा कठिनाई भोगिरहेका अनाथ, अपांग, असहाय, अशक्त, ज्येष्ठ नागरिकहरुलाई खाद्यान्न तथा आर्थिक सहयोग उपलब्ध गराइएको छ । चानपा २ का वडाध्यक्ष शिवहरी केसीको समन्वयमा मानव कल्याण समाजलाई सो राहात वितरण गरिएको हो ।

भक्तपुर क्षेत्र नं १ चाँगुनारायणका प्रदेश सभा सदस्य कृष्णलाल भँडेल, चाँगुनारायण नगरका नगर सभापति शिबहरी के.सी, भक्तपुर जिल्ला कार्य समितिका सहसचिव किरण न्यौपाने, चाँगुनारायण नगरपालिका वडा नं ३ का सभापति राजेश शाही ठकुरी, वडा नं १ का वडाध्यक्ष राजेश खड्का, चाँगुनारायण नगरपालिकाका तरुणदलका अध्यक्ष गोविन्द थापा, ३ नं वडाका सहसभापतिहरु लक्ष्मण भुट् र नारायण प्रसाद दाहाल, महिला संघकी नगर अध्यक्ष श्रृजना ढुंगाना लगायत ३ नं वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितीमा प्रदेश सभा सदस्य कृष्णलाल भँडेलले र वडा सभापति राजेश शाही ठकुरीले संयुक्त रुपमा खाद्यसामग्री र नगद मानब कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईलाई हस्तान्तरण गर्नुभयो ।
चाँगुनारायाण नगरपालिका वडा न ३ दाहाल गाँउमा अवस्थित उँ कृष्ण सेवा सदन तथा मानव कल्याण समाजमा बस्नुभएका ६३ जना अनाथ, अपांग, असहाय, अशक्त, ज्येष्ठ नागरिकहरुलाई पौष्टिक खाद्यान्न आपूर्तिमा सहजताकोलागीे चाँगुनारायण नगरपालिका वडा ३ का वडा सभापति राजेश शाही ठकुरी तथा क्षेत्रिय प्रतिनिधि दिनेश थापाको समन्यवमा नेपाली काँग्रेस ३ नं वडा कार्यसमितिको अगुवाइमा स्वयंसेवी रुपमा सहयोग रकम संकलन गरी खाद्यान्न सामग्री र आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी कुरा वडा सभापति राजेश शाही ठकुरीले जानकारी दिनुभयो । हस्तान्तरण गरीएको खाद्य समाग्रीहरुमा चामल १३ बोरा, दाल १ बोरा, तेल २ बाकस, चिउरा १ बोरा, आलु १ बोरा, दुध २२ लिटर, मास्क ६० थान र नगद रु.७५५० रहेको थियो ।