भक्तपुर, बैशाख १३गते
भक्तपुरका नगरपालिकाहरुले कृषि उत्पादनलाई ध्यान दिन्दै कृषकलाई बीउ बितरण गर्न थालेको छ । भक्तपुर नगरपालिकाले शुक्रबार देखि धानको बीउ निःशुल्क वितरण थालेको छ । शुक्रबार एकैदिन ५ हजार ९ सय भन्दा बढी कृषक परिवारलाई खुमल ११ ताइचिन धानको बीउ वितरण गरेको थियो भने वितरण गर्न बाँकी कृषक परिवारलाई आईतबार वितरण गर्ने तयारी छ । भक्तपुर नगरपालिकामा मात्रै १० हजार कृषक परिवारकालागि धानको बीउ वितरणको विवरण संकलन भएको भक्तपुर नगरपालिकाले जनाएको छ । स्वंयसेवक परिचालन गर्दै प्रतिकृषक एक पाठी धानको बीउ बितरण गरिरहेको हो । मध्यपुर थिमी नगरपालिका भित्र खेतियोग्य जमिन नभएकाले कृषकलाई बीउ वितरण नगरिएको तर उत्पादन हुने तरकारी विक्रि बितरणको उचित व्यवस्था गरेको नगरपालिकाका प्रमुख मदनसुन्दुर श्रेष्ठले जनाएको छ । मध्यपुर थिमीका कृषकहरुले उपत्पादन गरेका तरकारीहरु स्थानीय बजार देखि काठमाण्डौको बजारसम्म पुर्याउने उचित व्यवस्थापन गरिरहेको समेत मेयर श्रेष्ठले बताका छन् । भने चाँगुनारायण नगरपालिकाले ५० प्रतिशत अनुदानमा मकै, भट्मास, धान, कोदो र फापरका बीउ वितरण सुरु गरेको छ । पहिलो चरणमा भट्मास, कोदो र फापर लगातका बीउ वितरण गरेको सो नगरपालिकाले दोस्रो चरणमा धानको बीउ वितरणको तयारी थालेको छ । भक्तपुरको अर्को नगरपालिका सूर्यविनायक नगरपालिकाले नगरका खेतियोग्य जमिन खालि राख्न नदिने उदेश्यका साथ कृषकलाई निःशुल्क बीउ वितरणको व्यवस्था गर्ने योजना बनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














