हनुमन्ते खोलामा डुवान !

हनुमन्ते खोलामा डुवान !
भक्तपुर, असार २२ गते
अविरल परेको वर्षाका कारण हनुमन्ते खोलामा डुवान को जोखिम बढेको छ । खोल छेउको मठमन्दिर, सत्तल, पाटी पौवाहरु डुब्न थालेको छ । वर्षौ देखि थुप्रिएको पांगो माटोको कारण खोलाको सतह भरिएकाले पनि पानीको सतह माथि उठेको छ भने पहाडी क्षेत्रमा जठाभावि डोजर चलाएका तथा प्लतिङका कारण बगेको पानी बढी धमिलो देखिएको छ । यसरी वर्षाको बेला बगाएको बालुवा, माटो जम्मा भएर नै खोलाको सतह माथि उठ्ने गरेको तथा खोला साँघुरो हुने गर्दा असारको भेल समेत थाम्न नसक्ने अवस्थामा पुगेको देखिन्छ । त्योसँगै खोलाको ठाउँ ठाउँमा बनाएका पुलको जगको सतह माथि उठ्ने गरेकाले पनि पानीको बहाव कम हुँदा पानीले बगाएका माटो, बालुवाहरु खोलामै थुप्रिने गरेको छ । यसले खोला क्षेउको अस्पताल, विद्यालय भवनहरु एवं वस्तिहरु समेत डुवानको जोखिममा पारेको छ ।