भक्तपुरबाट नेपालगञ्ज हिडेका सय मजदुर दांगमा अपलत्र

भक्तपुर, बैशाख १४ गते

नेपालगञ्ज बाँके हिडेका भक्तपुरका सय मजदुरहरु दांगमा पुगेपछि अलपत्र परेका छन् । ६ वटा गाडी रिर्जभ गरी शुक्रवार भक्तपुरबाट हिडेका ती मजदुरहरु दांग नेपालगञ्ज सिमाना माहादेव खोला पुगेपछि लकडाउनको कारण आफ्नो घर जान नपाएको गुनासो गरेका छन् । लक डाउनका कारण ईटा भट्टामा काम नपाएपछि घोडा खर्चलाई समेत खुवाउन समस्या भोग्दै गाडी रिजर्भ गरेर तिनीहरु घर हिडेका थिए । बाटोमा कही अवरुद्ध भएन, कसैले एक बोटल पानी पनि राहातको रुपमा दिएन, त्यस मध्येका एक जना मजदुर सकिल कसघरले बताए । तर दांग पुगेपछि प्रसाशनले अगाडी बड्न दिएन, त्यसपछि हामीहरु बिचलमा पर्याैं उनले बताए । अझै ६० किलोमिटर अगाडी हिड्नु छ घर पुग्नका लागि । केही मजदुरहरुलाई मात्र हिड्न दियो तर आफ्नो सम्पतिको रुपमा रहेको घोडा खचर जान नदिएपछि बाटोमै तिनीहरु बिचलीमा परेकाले उद्धारका लागि याचना गरेका छन् । भक्तपुर जिल्लाका १३ वटा ईटा भट्टामा ईटा ओसार्नका लागि २८० मजदुरका ३२५ वटा घोडा खचर यसपालिका ल्याएका थिए । यस मध्ये १५० घोड खचर सहित सय जना मजदुरहरुको समूहले लक डाउन उलंघन गदै बाँकेस्थित आफ्नो घर हिडेका थिए । दांगमा लक डाउन कडाई गरेपछि अपलत्र परेको उनीहरुले बताए ।