भक्तपुर, १० बैशाख ।
बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालाहरुको सहभागीतामा भार्वाचो, टेखापुखु, बंशगोपाल, देगमना र बाराही डोकाफल्चामा मासु पसलहरु अनुगमन भयो ।
कोरोना भइरस (कोभिड १९) महामारी विश्वमा फैलिरहेको बेला अस्वस्थ्थकर मासुले पनि कोरोना भाइरसको जोखिम हुने भएकोले लकडाउनको अवस्थामा पसलको सररफाई भए नभएको, व्यवस्थित संचालन भए नभएको, मासु काट्न प्रयोग गर्ने औजारहरु, भा“डावर्तन सफा छ छैन, बासी सडेगलेको मासुजन्य बस्तुहरु छ छैन, रेफ्रिजेरेटर सफा छ छैन भनि मानु पसल अनुगमन गरेको संयोजक राज कृष्ण गोराले बताउनु भयो ।
अनुगमन गर्दा हेरानानी शाहीको मासु पसल दर्ता नविकरण नगरेकोले दर्ता नविकरण गर्न, मासुको मनपरी मूल्य नलिन र मूल्य सूचि सबैले देख्ने गरी कुखुरा र रा“गोको विभिन्न मासुको प्रकारको मुल्य सुचि राख्न र मनपरि मुल्य नलिन, माक्स, पञ्जा र सेतो एप्रोन प्रयोग गर्न, साइनवोर्ड राख्न, मासु झिंगाले नभन्किने गरी जालीले छोपेर राख्न, तराजु नापतौल विभागमा नविकरण गर्न र डिजिटल तराजु प्रयोग गर्न पटक पटक अनुगमनले अनुरोध गर्दा पनि सुधार नभएकोले ढक थान–२ जफत गरियो ।
त्यस्तै बाराही चिकेन शप एक हप्ता भित्र दर्ता गर्न, मासुको मनपरी मूल्य नलिने र मूल्य सूचि राख्न, पसल व्यवस्थित संचालन गर्न, सरसफाईमा ध्यान दिन, माक्स, पञ्जा र सेतो एप्रोन प्रयोग गर्न, भुईं, भित्ता सफा गर्न मिल्ने गरि कार्पेट वा मार्वल राख्न, तराजु नापतौल विभागमा नविकरण गर्न सुझाब दियो ।
त्यस्तै छोरी माया शाहीको मासु पसल पसल दर्ता नविकरण गर्न, साइनबोर्ड राख्न, माक्स, पञ्जा र सेतो एप्रोन प्रयोग गर्न, मासुको मनपरी मूल्य नलिन र मूल्य सूचि राख्न, मासु जालिले छोपेर राख्न र ढक तराजु नापतौल विभागमा नविकरण गर्न सुझाब दियो ।
त्यस्तै मासु संसारमा माक्स, पञ्जा(ग्लोब) र सेतो एप्रोन प्रयोग गर्न, मासुको मनपरी मूल्य नलिने र मूल्य सूचि व्यवस्थित राख्न, फ्रिजमा राखी राखेको विग्रेको मासु नष्ट गर्न, मासु १ किलो ८०० ग्राम जफत गरि नष्ट गरिएको र तराजु थान–१ समेत जफत गरी ल्याएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
त्यस्तै बराही न्यू कोल्ड स्टोरमा मुल्य सूचि राख्न, मनपरि मुल्य नलिन सुझाव दियो भने साथीभाइ मासु पसलमा पसल नविकरण गर्न, माक्स, पञ्जा र सेतो एप्रोन प्रयोग गर्न, मासुको मनपरी मूल्य नलिन र मूल्य सूचि राख्न, मासु जालिले छोपेर राख्न र ढक तराजु नापतौल विभागमा नविकरण गर्न सुझाब दियो ।
अनुगमनमा भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, भनपा श्यानिटेशन उपशाखाका न.नि.दिलिप कुमार सुवाल, व.नि. रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चबाट लक्ष्मी भण्डारी, भक्तपुर उद्योग बाणिज्य संघका संजय जोन्छे, महानगरीय प्रहरी प्ररिसरका विष्णु थापा र परमानन्द जोशी, पशु सेवा शाखा भक्तपुरको सहभागी रहेको थियो ।














