भक्तपुर निर्वाचन क्षेत्र नं.२मा राणाको प्रतिद्वन्दी कोही पनि छैन! उम्मेदवार राणा

भक्तपुर निर्वाचन क्षेत्र नं.२मा राणाको प्रतिद्वन्दी कोही पनि छैन !, उम्मेदवार राणा
भक्तपुर, माघ २२ गते
भक्तपुर निर्वाचन क्षेत्र २ का प्रत्यासी उम्मेदबार कविर राणाले आफू जनताको सेवा गर्न निर्वाचनमा होमिएको जनाएका छन् । आफ्नो निर्वाचन एजेण्डा बारे जानकारी दिन आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो प्रतिद्धवन्दी अरु कोही नभएको दावी गर्दै आफ्नोे जित सुनिश्चित भएको बताएका थिए् । भक्तपुर क्षेत्र नं.२, २०४८ साल देखि काग्रेसको क्षेत्र भएको दाबी गर्दै ६० प्रतिशत भन्दा बढी मत ल्याएर आफ्नो जित सुनिश्ति गर्न भक्तपुरका सबै काग्रेसहरु एक जुत भएको उहाँले बताए । सो अवसरमा पूर्व सांसद एवं भक्तपुर कांग्रेसका अध्यक्ष दुर्लभ थापाले निर्वाचनपछि महाधिवेशन गर्ने गरी निर्वाचनमा कांग्रेस एक मनका साथ चिर्वाचनमा होमिएको बताए । आफ्नो प्रतिद्वन्धीहरु सबै मञ्चमै रहेको र सबै प्रतिद्वन्धी कांग्रेसीहरु निर्वाचन जित्नकै लागि लागि परेकाले आफूहरुको जीत सुनिश्चित भएको बताए ।
जेनजी आन्दोलन सुशासनकालागि भएको भन्दै सो अवसरमा उम्मेदवार राणाले आफ्नो जितसँगै जनताको सेवा र नीति निमार्णमा लाग्ने सो अवसरमा बताएका थिए ।