५ वटा मासु पसलको अनुगमण: ४ पसल कार्वाहीमा

भक्तपुर, बैशाख ८ गते

भक्तपुर नगरका ५ वटा मासु पसलमा सोमबार विहान अनुगमण गर्दा ४ वटा कार्वाहीमा परेको छ । भक्तपुर नगरपालिका बजार अनुगमण समिति, जिल्ला प्रसाशन कार्यालय, नेपाल प्रहरी, उपभोक्ताबादी एवं भक्तपुर उद्योग वाणिज्य संघ लगायत सरोकारवाला निकायका प्रतिनिधीहरुको संयुक्त बजार अनुगमण गर्नेक्रममा ४ वटा पसललाई कार्वाहीको दायरामा ल्याएको हो । मासुको मूल्यमा अनियमितता, ढक तराजुमा अनियमितता, फोहर ब्यवस्थापन वा सरसफाईमा कमजोरी लगायत मासु पसलको न्यूनटम मापदण्ड विपरित गतिविधि भएको देखिएपछि अनुगमण टोलिले कार्वाही गरिएको भनपा अुनगमण समितिका संयोजक एवं जनप्रतिनिधी राजकृष्ण गोराले जनाएको छ । लक डाउनको समयमा मासुजन्य पदार्थ आपूर्तिमा असज भएको भन्दै उपभोक्ताहरुसँग चर्को मूल्य लिइरहेको अनगुण टोलिले जनाएको छ । एक केजी राँगाको मासुको मूल्य गनुगमण गरेको पसलमा रु.४५० देखि ६०० सम्म, यहि पाउने कुखुराको मासु प्रतिकिलो रु.२५० देखि ३०० सम्म र अन्दा प्रति क्रेट रु.२३० देखि ३२० सम्म लिने गरेको पाइएको राष्ट्यि उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले जनाएको छ । अनुगमण टोली आएको चाल पाउने बितिक्कै कतिपय पसलहरु बन्द गरेकाले कमलविनायकका २ वटा, दत्तात्रयका २ वटा र च्याम्हासिंहका १ वटा गरी ५ वटा मासु पसलमा अनुगमण गरेको हो । अनुगमण टोलिले लक डाउनको नाममा चर्को मुल्य लिएको भनिएपनि ब्यवसायीले भने आपूर्ति असज भएकाले मूल्य बढाउनु परेको जनाएका छन् । सरसरफाइ र ढक तराजुमा देखिएको कमजोरीले भने ती व्यवसायी कार्वाहीको दायरामा आउने पक्का भएको छ ।