लक दाउन एक हप्ता थप्ने उच्चस्तरीय समितिको निर्णय, कोरना नेपालमा सामान्य स्वास्थ्य मन्त्रालय

 

विश्वभर ६ लाख ७७ हजार ६ सय ८३ जनामा कोरना भाइरसको संक्रमण फैलिन्दा  १ लाख ४६ हजार ३ सय १० निको भएको र ३१ हाजर ७ सय ३७ जनाको निधन भएको तथ्यहरुका साथ नेपालमा लक डाउन फेरी एक साता थपिने तयारी गरेको छ । कोरना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आईतबार दिउँसो बसेको बैठकले लक डाउन एक साता थप गर्न सरकारलाई सिफारिस गरेको हो । चैत्र ११ गते विहान ६ बजे देखि चैत्र १८ गते विहान ६ बजेसम्मका लागि लकडाउन गरेको सरकारले आइतबारै बस्ने मन्त्रि परिषदको बैठकले अनुमोदन गरेपछि लक डाउन एक हप्ता थप हुने देखिन्छ । लक डाउन अनुमोदनसँगै दैनिक उपभोगिय वस्तु व्यवस्थापन, गरिब र प्रभावितहरुका लागि निःशुल्क राहत वितरण एवं लक डाउनलाई थप प्रभावकारी बनाउने निर्णयहरुहुने बताइएको छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आजसम्म कोरना भाइरसको संक्रमणको अवस्था नेपालमा सामान्य रहेको जनाएको छ ।  प्रयोगशालामा आजसम्म ९१७ जनाको स्वाप परीक्षणकोमा ९१२ जनाको नेगेटिभ र ५ जनाको पोजेटिभ रहेको जनाएको छ । आसोलेशन कक्षमा १२ जना उपचार रहेको उल्लेख गर्दै टेकु अस्पतालमा २ जना पोजेटिभको निरन्तर उपचार भइरहेको छ । धनगढीमा देखिएको चौथौं र बाग्लुंगमा देखिएको पाँचौं कोरना भाइरसका संक्रमितहरुको स्वास्थ्य सामान्य रहेको प्रवक्ता देवकोटाले बताए । मन्त्रालयले आज देखि कोरना भाइरस बारे जानकारी दिने, स्वयम परीक्षण गर्ने तथा नजिकको कोरना भाइरस संक्रमणको रोकथाम तथा उपचार गर्ने अस्पतालसम्म पुग्न सकिने गरी सहयोग लिन मिल्ने वेभसाईट र मोबाइल एप्लिकेशन पनि सुरुवाट गरेको छ ।

मन्त्रालयले सुरु गरेको दुईवटा कलसेन्टरमा हजारौंको कलहरु आउने गरेका छन् । कल सेन्टरले घण्टामा ३० जनाको कलको सुनुवाई गर्दै आएको भन्दै कल गर्नेहरु अधिकास विदेशबाट आएका आफन्त र समुदाय रहेकाले कोरना भाइरसबारे समुदायमा चेतना जागेको अनुभूति गरेको डाक्टर देवकोटाले बताए । उपचारका लागि अस्पताल गएका विरामीहरु गेटबाटै फर्किनुपर्ने गुनासोलाई निजी, सामुदायिक र सरकारी अस्पतालले यो संक्रमणकालिन अवस्थाको नियमहरुलाई कदाई गर्न नपर्ने गरी मिलेर सेवा दिन आग्रह गर्नु भयो ।हब अस्पताल, प्रदेश अस्पताल लगायत कोरना भाइरसका लागि खोलिएका सबै अस्पतालहरुले आकस्मिक सेवा सबै दिनुपर्ने विरामी फकाउन नपाउनेमा उहाँले जोड दिनु भयो ।

चीनिया राजदुटबाट अलिबाबा, ज्याक्मा फाडेशन लागायतका संस्थाहरुले दिएको अनुदानवाट प्राप्त सहयोग र नेपाल सरकारले खरीद गरेको स्वास्थ्य उपकरणहरु पीपीइ, मक्स, किट लगायतका सामग्री वितरण भएपछि स्वास्थ्य सेवा थप प्रभावकारी हुने प्रवक्ता देवकोटको छ ।

स्वास्थ्य सेवा विभागका माहानिर्देशक महेशप्रसाद श्रेष्ठले जनगुनासोहरुका बीच चीनबाट अति आवश्यकीय स्वास्थ्य सामग्री नेपाल आई पुगेको उल्लेख गर्दै विश्वभरी संकट र अभाव भइरहेको बेला ती सामग्री नेपाल आएको बताउनु भयो । चीन मै रु.२ हजार सम्म पर्ने पीपीई रु.१९१९मा खरिद गरिएको बिलहरु आफूसँग रहेको बताउँदै विश्वव्यापी संकत र अभावको बेला मूल्य थपघट हुन स्वभाविक रहेको जिकिर गदैै नेपाल सरकारले गरेका निर्णयहरु कदाइका साथ कार्यान्वयन गर्न सके कोरना भाइरसबाट नेपाल मुक्त हुन सक्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले दक्षिण पूर्व एसियामै पहिलो पटक नेपालमा जनवरी २३ तारिखका दिन पहिलो कोरना भाइरस संक्रमण भएको पुष्टि गरेपछि कोरना भाइरस संक्रमण प्रतिकार्यका सामग्रीहरु पनि अन्तर्राष्ट्यि स्तरसम्म अभाव हुन थालेको स्मरण गराउनु भयो । यद्यपी अस्पताल र स्वास्थ्य केन्द्रहरुमा न्यूनटम सामग्रीको अभाव हुन नदिएको उहाँको दाबी थियो ।