
भक्तपुर, माघ २ गते
भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार नाराका साथ नेपाल रेडक्रस सोसाइटी भक्तपुरले पनि बिहिवार विभिन्न कार्यक्रम गरी २२ औं राष्ट्यि भूकम्प सुरक्षा दिवस मनाएको छ । भूकम्प जस्तै बहुविपतिय जोखिम न्यूनिकरण तथा पूर्वतयारी र प्रतिकार्य तथा सचेतिकरणमा सधै सक्रिय रहने रेडक्रस सोसाइटी भक्तपुरले यसपालिकाको राष्ट्यि भूकम्प सुरक्षा दिवसको अवसरमा कृतिम घटना अभ्यास, सडक नाटक, जनचेतनामूलक प्लेकार्ड र पर्चा वितरण गरी मनाएको हो । भक्तपुर नगरपालिकाको व्यवस्थापनमा भएको मुल समारोहका र्यालीहरुमा रेडक्रस सोसाईटी भक्तपुर शाखा, उपाशाखाका पदाधिकारी, स्वयंसेवकहरु एवंं उत्थानशील नगर प्रवर्धन तथा सहभागिता कार्यक्रमका लक्षित वर्गका सदस्यहरुको सक्रिय सहभागिता रहयोे ।


रेडक्रस भक्तपुरका स्वयंसेवकहरुले कमलविनायक लामगालमा विहिवार विहान सडक नाटक प्रदर्शन गरी भूकम्प सुरक्षा दिवसका गतिविधिहरुको सुरुवात गरेको थियो । कमलविनायक र दुधपाटीबाट सुरु भएको सचेतनामूलक र्यालीमा सहभागि हुँदै रेडक्रसकर्मीहरुले रेडक्रसको ड्ेस सहित हात हातमा भूकम्पीय सुरक्षाका सचेतनामूलक नारा लेखिएको व्यानर र प्लेकार्डहरु प्रदर्शन गरी दरवार क्षेत्रमा भएको मुल समारोहमा पनि सहभागि भएका थिए । दुधपाटीमा पनि आजै भुकम्पबाट सुरक्षीत कसरी रहन सकिन्छ भन्ने सन्देश दिन्दै कृतिम घटना अभ्यास गरेको थियो भने मध्यपुर थिमी नगरपालिकाका विभिन्न स्थानहरुमा पनि आजै सडक नाटक, घुम्ती सूचना केन्द्र(कीयोस्क) प्रदर्शनी गरी भुकम्प सुरक्षित आवास र संरचना निर्माणका सन्देशहरु प्रदान गरेका थिए । यी गतिविधीबाट करीव ५०० स्थानियहरु समुदाय लाभान्वित भएको स्योर कार्यक्रमका अनुगमण अधिकृत तेजिना सुवेडीले जनाएकि छिन् । सडक नाटक र कृतिम घटना अभ्यासले विपद्मा हुने जोखिमको प्रत्येक्ष् अनुभूति दिदै घाईते भएकाहरुको प्राथमिक उपचार, जोखिम न्यूनिकरण र यसको मह्त्वको बारेमा भक्तपुर र मध्यपुर नगरका समुदायलाई जानकारी दिन सफल रहेको रेडक्रस भक्तपुरको स्योर कार्यक्रमका कविता पोखरेलले विश्वास लिएकी छिन् ।
















